बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भड्केको आत्मा-लघुकथा

भड्केको आत्मा-लघुकथा

  • शुक्रबार, पुस २४, २०७७
भड्केको आत्मा-लघुकथा

कोई हुँनुहुन्छ घर?भाईर बाट कसैले दैलोमा ठक-ठक पार्दै कराएको ताल माथि सुतेको तर न निदाएको सेशमणिले सुन्छ।आमाले ढिलो नगरी दैलो खोल्दिनु हुँन्छ र उनि भित्र पस्दै कति छिट्टै सुत्नु भयछ?भन्छन।होईन सुतेका थिएनौ भर्खर भान्शा गरेर सेशमणि ताल माथी गयो मैले त अगेनामा कन्नो सेक्दै थिएँ!आमाले भन्नुभयो।गाँउ घरमा अलि छिट्टै खान पिन गरेर सुत्ने चलनछ।आज अलि चिसो पनि थियो भाईर मसिनो बतासपनि चलेकोछ।नव आगन्तुकले छोरा खै त?भन्दै आमालाई सोधे।

तालमा गयको हो भर्खरै सुतेको छैन होला!भन्नु भयो।हो त्यसो भय एकैछिन भयपनि बोलाउँनुस त!भन्दै आग्राह गरे।उन्को बोलि बाट चिनेको जस्तो लाग्यो तर सेशमणिले पक्कै यहि हो भनेर ठमाउँन सकिन।आमाले बोलाउँनु भन्दा पहिलेई तालबाट सुनिरहेको सेशमणि आफै तल झय्रो र नमस्ते गर्दै बिन्रम स्वागत गय्रो।उनि लोकराज थिए।केहि दिन पहिले सेश मणिहरुको एउटा कार्याक्रमलाई बिथुल्न भनि पुगेका थिए।उनि सँग त्यो दिन केहि भनासुन र झडप पनि भयको थियो।उनि पुराना पञ्चे थिए पछि बहुदल आउँदा बित्तिकै काँग्रेश भयका हुँन।त्यो दिन सेश मणिहरु लाई गालि गर्दै कम्युनिष्ट अप्राधि हुँन,पापि हुँन अधर्मि हुँन्छन,उनिहरुले कुनै धर्म जात दिदि बैनी मान्दैनन् लगायत यस्तै कयौँ चर्का अपशब्द गालिहरु गरेका थिए।एउटा बुजुर्ग आफु भन्दा धेरै उमेरको बाउ बराबरको ब्याक्ति सँग लड्न पनि नस्वाँउदो भयर होला त्यो दिन सेशमणिले खासै केहि भनेन उनि आफै कराउँदै फर्केका थिए।त्यो दिन किसान सँघको एउटा कार्याक्रम आम सभा चलेको थियो।पहिलो पल्ट किसान संघको तर्फ बाट निर्वाचनमा भाग लिँदै थिए सेश मणिहरुले।उनि नेकपा(मसाल)का समर्थक हुँन।नेकपा (मसाल)ले पहिलो आम निर्वाचन बहिस्कार गरेको थियो तर पहिलो स्थानिय निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेकोले सेश मणिहरु किसान संघको प्रचारका लागि भारत बाट गएका थिए।सेशमणि एकता समाजका कार्याक्रता हुँन।लोकराज लाई आज अचानक आफ्ना घरमा त्यो पनि यति राति देखेर सेशमणि आश्चार्या भए,उन्ले अस्लि कुरा बुझ्न सकेका थिएनन्।उनि सँग दुईटा युवाहरु पनि थिए जसमध्य एउटा सेश मिणिका पनि नाता पर्ने हुँन आर्का नातेदारका गाउँले थिए।उनिहरुको घर सेशमणिको घर देखि एक घन्टा पैदलको बाटो थियो।त्यो बेला कुनै साधन थिएन र हिँड्दै जानु पर्थ्यो।सेशमणिले पहिले त सोँचे साहिद बजारबाट आउँदा रात परेर बासा बस्न आएका हुँनन्।तर त्यो पनि होईन जस्तो लाग्यो।जेहौश साँझमा आएका पाहुँना लाई सत्कार गर्नै पर्छ भन्दै मनैमनमा आमालाई भात पकाउँन भने।होईन हामिलाई भात पकाउँने दुखः नगर्नुश मकै भुटेको भया पनि खान्छौ!भन्दै भात पकाउँन मानेनन् आमाले फटा फट रोटि बनाई दिनु भयो र उनिहरुले खाए।
सेश मणि जी!हजूरले पहिले त मलाई जुताको माला लगाई दिएर पुरै गाबिस घुमाउँनुस हजूर त्यसपछि आफ्नो पाल्टिमा कतै ठाउँदिनुश!उन्ले भने।किन त्यसो भन्नु हुँन्छ?उन्को कुरा शुनेर सेशमणि आश्चार्य प्रकट गर्दै भने!आखिर जुताकै माला लगाउँनु पो किन पय्रो?हजूरले त्यस्तो अप्राध पो के गर्नु भयकोछर सर मलाई त्यसरी सर्मिन्दा नगर्नुश बरु!सेशमणिले भने।होईन-होईन साँच्चै नै म अप्राधीनै हुँ!उन्ले फेरी भने।आफ्नो सफाई दिँदै आफुलाई अप्राधीनै भयको भन्न थाले।वास्तबमै अप्राधी त हुँ मैले जुन पार्टिमा काम गरेँ त्यो त गरिब ,किसान श्रमजिवि बर्गको दुश्मननै हो रैछ!जस्ले आफु जस्तै गरिखाने बर्गको दुश्मन हो त्यसैलाई पो मैले साथ दिएको रैँछुँ अनि त्यस्ता बर्ग दुश्मनको लागि हजूरहरुको कार्याक्रम बिथुल्न पुगेको म अप्राधी नभयर के हुँ त?म जस्तालाई कालो मोशो लगाएर गाउँमा घुमाएपछि बल्ल ठिक हुँन्छ!उन्ले भने।उन्को कुराबाट उनि आफै धेरै सर्मिन्दा भयको महेशुर्ष हुँन्थ्यो।
हो हजूर “जति बेला निन्द्रा खुल्यो त्यहि बेला बिहानी”भने झैँ हजूरलाई आफ्नो गलति महेशूर्ष भयो त्यसैमा हामि खुसिछौँ।हाम्रो पार्टी भन्दा पनि पार्टीका नजिक जनबर्गिय संगठनहरु छन।अहिले किसान संघको सगठान अभियान चलेकोछ।हजूरको ईचछ्या भय किसान संघको सदस्याता लिएर संगठनमा काम गर्नुश!भन्दै सेशमणिले किसानको सदस्याता प्याड देखाउँछन।
तर सर हजूरले आज अचानक कसरि आफु बसेको पार्टी सँग यति धेरै खिन्न हुँन पुग्नु भयो?भन्न मिल्छ भने भन्दिनुस न!भन्दै मणिले सोध्छन।सेश मणिलाई तिनी लोकराज यति न्रम कसरि भय आज उन्लाई केहि त कुरा भयकैछ भन्ने संका परेकोछ।र उन्ले लोकराजको बारेमा जान्न चाहान्छन।हो म लामू समय सम्म पञ्चायति ब्यबस्थाको कर्ता रहेँ तर पनि मलाई राजतन्त्र बेठिक लाग्थ्यो,र कहिले बहुदल आउला भन्थे बहुदल आएपछि मैले आफ्ना धेरै साथि इस्ट मित्रहरु सँग काँग्रेस पार्टिमा प्रवेश गरेँ।त्यँहा मलाई धेरै बर्ष त भयको छैन तरपनि त्यँहा पुगेपछि मलाई धेरैकुराको ज्ञान भयो।मैले सुरु-सुरुमा त्यँहा दिन रात एक गरेर काम गरेँ।आज म जिल्लाको मिटिङमा गयको थिएँ त्यँहा त अचम्मै परेँ उनिहरुले न त हामिलाई छलफल गर्ने मौकादिए।जो उहि ठुलो धनीछ उसैको कुरामा सबैले तालिपिटे अनि त्यो बैठक सिद्धियो जब सबै भाईर आएर आ-आफ्ना घरतिर जान थाले एउटा नेता मेरो नजिकै आएर हामि सँग त कार छन कसैका वाईकछन तिमि कसरी जान्छौ त बुढा? भन्दै मलाई गिँजायो र अरुपनि खितितिति हाँशे यो सुन्दा मलाई भित्रै बाट आगो बोल्यो।घरमा दुईटा दुना भैँशिछन घाँस काट्छु दुद दहि खान्छु अनि यिनि गोडामा तागत छ एकैछिनमा पुग्छु पहाड भनेर जवाफ दिँदै त्यँहा बाट हिँडेको हुँ अब मलाई त्यो ठाउँमा ति नेताहरुको सक्कल देख्न नपरोश”भन्दै आफुलाई किसान संघमा सामिल गर्न हुँन अनुरोध गर्छन।
उन्को कुरा बाट अत्यान्तै पिढाबोध हुँन्थ्यो।आखिरमा भट्टकिएको आत्मले मसालको एउटा किसान संघको सदस्यता लिएर शंघर्ष गरे।हालाकी उनि पछि एमालेमा गयर वार्डा सदस्यमा बिजय पनि भय र अहिले उनि यो दुनियामा छैनन्।उन्ले का.चित्र बहादुर लाई आफ्नो मनपरेको नेता भन्ने गर्थे।उनि जुन पार्टिमा रहेपनि देश र जनताको हितमा ईमानदारी सँग काम गरे।आफु बाँचुञ्जेल सम्म उन्ले जनताको पक्षमा आवाज उठाउँथे। आज लोक राज जस्ता होनहार ब्यक्ति जिबित भयको भय संघियताको ब्यापक बिरोध गर्थे संघियता बिरुद्धको आन्दोलनमा बल मिल्थ्यो।
(यो कथा कालपनिक हो यसका पात्रको नाम पनि कालपनिकहो।कसैको नीजि जिवन सँग मिल्न गयो भने मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार