शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहका जनप्रतिनिधी र कर्मचारीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

खप्तड छेडेदहका जनप्रतिनिधी र कर्मचारीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

  • बुधबार, पुस २२, २०७७
खप्तड छेडेदहका जनप्रतिनिधी र कर्मचारीले लेखे प्रधानमन्त्री ओलीलाई पत्र

बाजुरा– खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।  २८ वर्षदेखि अलपत्र रहेको ७५० मेगावाट क्षमताको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुले पत्र लेखेका हुन।

बोलन्या थलीले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहहरुबाट पत्र संकलन गरेर प्रधानमन्त्रीलाई १ लाख पत्र बुझाउने अभियान चलाएको छ। बोलन्या थली पश्चिम सेती निर्माणको लागी संघर्ष गर्दै आइरहेको मञ्च हो। थलीले हालसम्म माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल, सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।

त्यसैगरी सरकारको खोजीको लागि भन्दै डोटीमा दिउँसै टुकी बालेर प्रदर्शन तथा ‘डोटीका सपनाका ७५० डोका’ आन्दोलन पनि गरिएको थियो। यस्तै ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ २०७८ वैशाख १ गते काठमाडौँमा म्याराथन आयोजन गरिने थलीका संयोजक यादव जोशीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार