शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-“तिमी जुका रै’छौ”

कविता-“तिमी जुका रै’छौ”

  • बुधबार, पुस २२, २०७७
कविता-“तिमी जुका रै’छौ”

तिमी सङ्गको मेरो सम्बन्ध
भिन्न भयो सोचेको भन्दा
तिम्रो पवित्र तन, मन र मस्तिष्कले
जो सधैं मेरा सादा सपनालाई
रगिंन बनाउन सगाइ रहुन्
म चाहान्थे,
मेरो जीवनको सहयात्री बनाउँ
कहिल्यै पनि टाढा नबनाउँ
तिमीलाई हरेक ॠतु म सँगै राखु
एकअर्कालाई मायाको कमी नहोस्
लाग्थ्यो राती सँगै अगांलोमा बेरी रहुँ
बिहान आँखा खोल्दा तिमी नै देखुँ
बस् यो त मेरो मात्रै पागलपन रहेछ
मै जस्तो सोझो बुद्धिहिनलाई के थाहा ?
तिमीलाई चाहानु, मन पराउनु
आफ्नो बनाउन खोज्नु त केबल
बगरमा बालुवाको घर बनाउनु जस्तो पो रहेछ ।
मलाई तिमीले साथ नदिएको कहाँ हो र ?
बाचा गर्यौ, भाकल गर्यौ सहयात्री बन्छु भनी
तर त्यो पनि,
सस्तोमा किनेको चप्पलको जस्तो भो
हाम्रो साँचो र विश्वासिलो नाता सम्बन्ध
जसले अगाडी बढ्न साथ दिइरह्यौ
पछाडीबाट बेइज्जती हिलो छ्याप्दै गयौ ।
अब अगाडीबाट म मै भएपनि
पछाडीबाट छ्यापेको हिलोको कारण
म म रहिन हो पक्कै म पनि म रहिन
चप्पलले छ्यापेको हिलो धुन सकिएला
पवित्र पृथ्वीको निश्चल जलले
तर,
तिमीले छ्यापेको बेइमानी हिलो
केले पखालु म ?
नुनिला आँसु ढिकाले धुन गाह्रो पर्छ
अब तिम्रै रगतले धुनपनि नमिल्ला
आज समाज एकातिर छ म एक्लै अर्कोतिर
तिमी त पुरानो भएर गइ सक्यौ झाडीमा
कतैबाट हेर्दै हौली लुकी-लुकी
दुनियाँले मलाई घृणा गर्दा
अट्टाहासको बुको हाँसो हाँस्दी हौ
गर्भले छाती फुलाएर, चौडा बनाएर ।
यदि तिमी साँच्चै खुट्टामा लगाउने
कुनै चप्पल भए फित्ता चुँडिदापनि
छोड्ने थिइन किनकी वर्षमा म
एकपटक त्यो पनि एक थान
सिर देखि पाउसम्म ढाक्ने बर्को किन्छु
चप्पल कतै पाए लाउँछु नत्र नाङ्गो खुट्टा
त्यसैले खुट्टामा लाउने चप्पलको
फित्ता चुँडिएपनि आगोले टाल्थे
सियो र धागोले सिलाउथें
यति जतन गर्थे कि
तिमीलाई गरेको साँचो माया भन्दा धेरै
फाल्नु परेपनि मन नलागी नलागी फाल्थे
गहभरी आँसु भर्दै अर्को जोर चप्पल
कसरी, केले, कहाँ किन्नु भनेर ।
तिमी मेरो जीवनमा आयौ
ठुलै हलचल मच्चायौ
मेरो रगत चुस्यौ/सोस्यौ
यही एकमुठी सास
यी हड्डीका कंकालहरू
कसैलाई काम नलाग्ने बानाइ छोडेर गयौ ।

चर्चामा

सम्बन्धित समाचार