बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

  • बिहिबार, पुस १६, २०७७
प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन

काठमाडौं —  नेकपाको प्रचण्ड माधव पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको प्रदेश सांसद राजेन्द्र राइले जानकारी दिए । नेकपाका ६७ सांसदमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार