शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • शनिबार, पुस ११, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुहार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने अहिले तराईका भूभागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ११ गते (शनिबार)

दिउँसोः प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।

पौष १२ गते (आईतबार)

दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ। रातिः बाग्मती र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

पौष १३ गते (सोमबार)

दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

चर्चामा

सम्बन्धित समाचार