शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका आठ मध्ये २ अस्पताल सिलान्यास भएनन

बाजुराका आठ मध्ये २ अस्पताल सिलान्यास भएनन

  • मङ्लबार, मंसिर १६, २०७७
बाजुराका आठ मध्ये २ अस्पताल सिलान्यास भएनन

बाजुरा — बाजुराका आठ ओटा अस्पताल मध्ये २ ठाउका अस्पताल सिलान्यस भएका छैनन । जिल्लाका गौमुल गाउपालिकाको दहकोटमा १० सैयाको र त्रिबणीे नगरपालिकाको तोली देवलमा १५ सैयाको अस्पताल सिलान्यास हुन सकेका छैनन ।
गौमुल गाउपालिकाको दहकोटमा बन्न लागेको अस्पतालमा तयारी नपुगेका कारण सिलान्यास हुन नसकेको गौमुल गाउपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिएका छन् । हिजो देशै भरका अस्पताल एकै साथा सिलान्यास गर्ने भन्ने थियो दहकोटमामा केही ब्यबस्थापन नपुगेकोले केहि दिनमै सिलान्यास गर्ने अध्यक्ष रोकायाले बताए ।
त्यस्तै त्रिबेणी नगरपालिकाको तोली देवल स्वास्थ्य चौकीमा बन्न लागेको १५ सैयाको अस्पताल बिबादका कारण सिलान्यास हुन सकेको छैन । एक ठाउमा बन्नु पर्ने अस्पताल नगरपालिकाले ठाउँ सारेर अर्कै ठाउमा लिन थालेपछि बिबाद उत्पन्न भएको थियो । बिबाद पछि उक्त बिषयको उजुरी उच्च अदालतमा बिचाराधिन रहेको छ । मुद्धा बिचाराधिन भएका कारण सिलान्यास हुन सकेको छैन ।
नेपाल सरकार तथा मन्त्रिपरिषदको कार्यालयलले देश भरका ३ सय ८६ स्थानमा अस्पताल संचालन गर्ने निणर्यमा बाजुरा जिल्लामा बडिमालिका नगरपालिकाको चुथी स्वास्थ्य चौकी, गौमूल गाउपालिकाको दहकोट स्वास्थ्य चौकी, खप्तड छेडेदहको दोगडी स्वास्थ्य चौकी,जगन्नाथ गाउपालिकाको हुनीमहती स्वास्थ्य चोकी, हिमाली गाउपालिकाको फैती स्वास्थ्य चौकीलाई दश सैयाको अस्पताल बनाउने र बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकी र त्रिबेणी नगरपालिकाको तोली देवल स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पतालको लागि सिफारिस भएर निणर्य भएको थियो ।
नेपाल सरकारले देश भरिका ३ सय ९६ अस्पताल एक साथ सिलान्यास गरिएको भनिए पनि सबै भएका छैनन ।

चर्चामा

सम्बन्धित समाचार