शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाईकल दुर्घटना, २ युवकको मृत्यु

मोटरसाईकल दुर्घटना, २ युवकको मृत्यु

  • सोमवार, मंसिर ८, २०७७
मोटरसाईकल दुर्घटना, २ युवकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।

लुम्बिनी प्रहरी प्रहरी कार्यालयका अनुसार गम्भीर घाईते उनीहरुलाई क्रिम्सन अस्पताल माणिग्राममा उपचार गर्न लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार