शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा ३११२ जनाको मात्रै परीक्षण, ५०२ संक्रमित थपिए

२४ घण्टामा ३११२ जनाको मात्रै परीक्षण, ५०२ संक्रमित थपिए

  • मङ्लबार, मंसिर २, २०७७
२४ घण्टामा ३११२ जनाको मात्रै परीक्षण, ५०२ संक्रमित थपिए

बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो संख्यामा पीसीआर परीक्षण हुँदा ५०२ जनामा संक्रमण पुष्टि भएको छ । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो ।

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार