बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बैतडीमा फेरि अर्काे दुर्घटना, ट्रयाक्टर चालककाे मृत्यु

बैतडीमा फेरि अर्काे दुर्घटना, ट्रयाक्टर चालककाे मृत्यु

  • शुक्रबार, कार्तिक २८, २०७७
बैतडीमा फेरि अर्काे दुर्घटना, ट्रयाक्टर चालककाे मृत्यु

धनगढी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुन्दा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो ।

लु४प ६१७१ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भिर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार