शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कोरोना संक्रमीतको सख्या ५ सय ९२ पुग्यो

बाजुरामा कोरोना संक्रमीतको सख्या ५ सय ९२ पुग्यो

  • शुक्रबार, कार्तिक २८, २०७७
बाजुरामा कोरोना संक्रमीतको सख्या ५ सय ९२ पुग्यो

बाजुरा — बाजुरा जिल्लामा हालसम्म कोरोना संक्रमीतको संख्या ५ सय ९२ पुगेको छ । बाजुरा जिल्ला भरी हालसम्म ४ हजार १ सय ४ जनाको पिसिआर बिधीबाट परिक्षण गर्दा ५ सय ९२ जनामा कोरोना पुष्ट्री भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिकामा हालसम्म २ जना संक्रमीत आइसोलेशनमा रहेका छन । २ जना टिकापुर र ५ जना शैलेश्वरी अस्पताल डोटीको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयको रिर्पोटमा उल्लेख गरिएको छ । जिल्ला भित्र ७ जना आइसोलशनमा रहेका र २ जना जिल्ला बाहिर रहेको स्वास्थ्य कार्यालय बाजुृराले जनाएको छ ।
हालसम्म २३ जना संक्रमीत निको भएर डिसचार्ज भएका छन भने बाकी सबै संक्रमीत पिसिआर परिक्षण पछि १४ दिन आइसोलेशन र ७ दिन होम आइसोलेशनमा बसेर बाहिरीएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । बाजुरा जिल्लामा २ जना संक्रमीतको मृत्यु भइसकेको छ ।

 

https://badimalikakhabar.com/wp-content/uploads/2020/11/bajura-cobit.pdf

चर्चामा

सम्बन्धित समाचार