शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोले पुरेर एउटै टोलका ५ जना मजदुरको ज्यान गयो

पहिरोले पुरेर एउटै टोलका ५ जना मजदुरको ज्यान गयो

  • बिहिबार, कार्तिक २०, २०७७
पहिरोले पुरेर  एउटै टोलका ५ जना मजदुरको ज्यान गयो

बुधवार साँझ पुर्वी नवलपरासी (नवलपुर ) मा सुख्खा पहिरोले पुरेर ५ जना मजदुरहरुको ज्यान गएको छ । जिल्लाको बुलिङ्गटार गाउँपालिका-३ स्थित कालिगण्डकी कोरिडोरमा तारजाली भर्ने काम गरिरहेका बेला माथिबाट खसेको सुख्खा पहिरोले पुरेर ५ जना मजदुरको ज्यान गएको हो ।

सोही गाउँपालिका वडा नम्वर–४ स्थित एउटै टोलका २८ वर्षीय तुलबहादुर सारु मगर, २० बर्षीय गोपाल गर्जा मगर, ४२ वर्षीय सुनबहादुर पुलामी मगर, २० वर्षीय ताराबहादुर लङ्गेली मगर र २० वर्षीय चेतबहादुर अस्लामी मगरको ज्यान गएको पश्चिम नवलपरासीको प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए । मल्लका अनुसार ७ जना पुरिएकोमा दुई जनाको जिवितै उद्धार गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार