मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • कुटपिट गरी एक युवकको हत्या, ३ जना पक्राउ

कुटपिट गरी एक युवकको हत्या, ३ जना पक्राउ

  • शुक्रबार, कार्तिक १४, २०७७
कुटपिट गरी एक युवकको हत्या, ३ जना पक्राउ

कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गएराती कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको दिनेश खबरलाई बताए ।

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार