शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

  • बिहिबार, कार्तिक १३, २०७७
यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

विभिन्न कसूरमा संलग्न दोषीहरुलाई कैदीका रुपमा राख्ने ठाउँ हो जेल । दुनियाका सबैजसो देशले कानून कार्यान्वयनका लागि जेलको बन्दोबस्त गरेका हुन्छन् । तर कतिपय जेलहरु चाहीँ निकै चर्चित तथा कुख्यात छन् ।

दुनियामा एउटा यस्तै चर्चित जेल छ जहाँ कैदीका लागि वर्षेनी करोडौँ रुपैयाँ बराबरको रकम खर्च गरिन्छ । त्यसैले उक्त जेललाई विश्वको सबैभन्दा महंगो जेलपनि भन्ने गरिन्छ । हो, क्युबामा रहेको ग्वान्तानामो जेल विश्वको सबैभन्दा महंगो जेल हो ।

यो जेल ग्वान्तानामो खाडीको तटीय क्षेत्रमा रहेको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार उक्त जेलमा अहिले ४० जना कैदी छन् । र, हरेक कैदीका लागि ग्वान्तानामो जेलमा वार्षिक रुपमा औषतमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको रकम खर्च हुन्छ ।

उक्त जेलको सुरक्षार्थ झण्डै १८ सय सैनिक तैनाथ छन् । अर्थात् एकजना सैनिकका लागि करीब ४५ जना सैनिक त्यहाँ खटिएका छन् । जेलमा तैनाथ सैनिकहरुका लागि मात्र हरेक वर्ष ६५ अर्ब रुपैयाँ बराबरको रकम खर्च हुन्छ ।

आखिर कैदीहरुको सुरक्षाका लागि किन यति ठूलो रकम खर्च हुन्छ त ? वास्तवमा त्यहाँ निकै कुख्यात तथा खतरनाक अपराधी कैदीहरु राखिएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावर आक्रमणका योजनाकार खालिद शेख मोहम्मद समेत त्यहीँ जेलमा राखिएका छन् ।

उक्त जेलमा ३ वटा भवन छन् । त्यस्तै दुईवटा गुप्तचर मुख्यालय र ३ वटा अस्पलता समेत रहेका छन् । साथै त्यहाँ वकिलका लागि समेत अलग अलग क्षेत्र छुट्टाइएको छ ।

ग्वान्तानामो जेलमा कैदीहरुका लागि चर्च तथा सिनेमाघरको समेत व्यवस्था गरिएको छ । साथै जिमखाना र खेलकुद गर्ने ठाउँ पनि छ ।

पहिले ग्वान्तानामो बे अमेरिकाको नौसैनिकको अड्डाको रुपमा रहेको थियो । पछि अमेरिकाले यसलाई हिरासत केन्द्र तथा जेलको रुप्मा परिणत गरेको हो ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार