शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक

सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक

  • बुधबार, कार्तिक १२, २०७७
सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरिएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ कै १७ वर्षिय कृष्ण नगरकोटी, १९ वर्षिय धिरेन्द्र विष्ट, नरेश चौधरी, १८ वर्षिय रमेश शाही, सत्यम रावल, २० वर्षिय रामबहादुर चौधरी, २२ वर्षिय मनोज चौधरी र २१ वर्षिय महेश चौधरीको नाम प्रहरीले सार्वजनिक गरिएको हो । आईतबार एक जना अझै फरार रहेको भन्दै पक्राउ परेकाहरुको समेत नाम गोप्य राखिएको थियो ।

फरार रहेका एक जनालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन् । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए । उनका अनुसार शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनीहरूविरूद्ध जाहेरी दर्ता भएको छ भने अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाईनेछ । किशोरीहरु घरबाट बाटोमा हिड्ने क्रममा करणीमा परेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार