बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दशैंको शुभकामना

दशैंको शुभकामना

  • बुधबार, कार्तिक १२, २०७७
दशैंको शुभकामना

ठुलालाई आधार सानालाई माया उद्देश्य सधैं यहि भयो,
कठई बर आज पनि टायलकै घरमुनी दशैं आयो र गयो।
आए थुप्रै अोहिरो, हेरे प्रगति र समृद्धिको रहेछ शुभकामना
हुने खानेलाई पो आएछ आमा दशैं तिहार को लहर

दशैं लागेरै होला सायद
ठोडो बोतल हातमा बियरको पुऊष भन्दै थिए
तल्ला घरे साइँला ले हिजो पिउष थौरै पिएर होला
श्रीमतीका दुईवटा दाँत र टाउको नै फोर्ए।।

धनिवनि लाई त दशैं बेस्सरी आएछ नि सरकार,
न त सरकारले किसानलाई मल नै दिन सक्यो,
न त जनतालाई नै सफा जल नै दिन सक्यो,
न त जनको मरका पिडा नै बुझ्न सक्यो।

न त उधोग कलकारखाना नै खोल्न सक्यो,
न त रोजगारीका बारे दुई शब्द नै बोल्न सक्यो।
न त यस्तो सङ्कट को घडिमा कुनै सेवा नै दिन सक्यो,
न त कुनै रोगको उपचारको जिम्मा नै लिन सक्यो।

मेरो प्यारो सरकारले,
न त वृद्धा बा आमा लाई सामजिक सुरक्षा नै दिन सक्यो,
न त भ्रष्टचारीलाई भ्रष्टचार गर्नमा रोक्न नै सक्यो।
न त चेलिबेटी बलत्कृत हुनबाट बचाउन नै सक्यो,
न त आफ्नो निणर्यमा अडिक हुन नै सक्यो।

पोहोर साल जस्तै कालो बोके र रातो अबिर बोकि दशैं आयो,
खै त न छोरो परदेश बाट घर नै आयो।
मेरो सरकार भन्छ हामि कार्य गर्दै छौं,
न त सरकारले केही गरेर देखाउन नै सक्यो।

यो जिन्दगी चल्ला पहिले कि अण्डा भने जस्तै भयो,
धनिको पिठो पनि महङ्गो तर किन गरिवको चामल सस्तो भयो।
यो त दशैं हो अरे ऋण खोजि जसो तसो टारौला नि आमा
आजलाई त केहि भएन भोलि श्रीमती र छोराको चिन्ता हुने भयो।

प्रगति र समृद्धिको शुभकामना दिनेहरुको अोहिरो देख्दा लाग्यो,
टन्नै रहेछन् चिन्तक मेरो मलाई आफ्नो मान्नेहरू
आज जस्तै खल्लो पर्ने कहिल्यै न आअोस दशैं बरु
आज जस्तै खल्लो पर्ने कहिल्यै न आअोस दशैं बरु।।।

 

चर्चामा

सम्बन्धित समाचार