मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बुवा छोराद्वारा ठूलाबुवामाथि कुटपिट, ज्वाई रमिते !

बुवा छोराद्वारा ठूलाबुवामाथि कुटपिट, ज्वाई रमिते !

  • मङ्लबार, कार्तिक ११, २०७७
बुवा छोराद्वारा ठूलाबुवामाथि कुटपिट, ज्वाई रमिते !

डडेल्धुरामा बुवाछोराले ठुलो बुवामाथि कुटपिट गरेका छन् । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ११ का मानबहादुर विष्टलाई सहोदर भाइ धनबहादुर विष्ट र भतिजा बिरबहादुर विष्टले कुटपिट गरेको पीडितले बताएका छन् ।

मानबहादुरका छोरा लोकबहादुर विष्टले बारीमा गाई गएको विषयमा विवाद हुँदा बुवामाथि काका र भाइले कुटपिट गरेको दिनेश खबरलाई बताए । उनले कुटपिटबाट सख्त घाईते भएका मानबहादुरको टाउकोमा चोट लागेपनि आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लैजान नसकिएको बताए ।

कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरी चौकी धाए पनि व्यस्त भएको जनाउँदै प्रहरी आउन नमानेको गुनासो उनको छ ।

ज्वाई वडाध्यक्ष रमिते !

बुवाछोराले ठुलो बुवामालाई कुट्दा वडा नम्बर ११ का अध्यक्ष समेत रहेका ज्वाई मानबहादुर महराले उनीहरुलाई सघाएको आरोप लगाएको छ । विष्टका छोरा लोकबहादुरले कुटपिट भएका बेला वडाध्यक्ष महरा पनि घटना स्थलमै भएपनि रमिते बनेर उनीहरुलाई सघाएको आरोप लगाएका छन् ।

बुवालाई कुट्ने बेला वडा अध्यक्ष पनि त्यतै हुनुहुन्थ्यो । ‘जनप्रतिनिधि जस्तो मान्छेले छुट्याउनको सट्टा कुटपिट गर्न दिए । त्यसको पछाडी उहाँको पनि पक्कै हात छ ।’ दिनेश खबरसँग विष्टले भने । उक्त विषयमा बुझ्न वडा अध्यक्ष मानबहादुर महरालाई टेलिफोन गर्दा सम्पर्क भएन ।

चर्चामा

सम्बन्धित समाचार