शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

  • सोमवार, कार्तिक १०, २०७७
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

धनगढी : कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ । जिल्लाकाे जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्याैपानेले शनिबार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएकाे दिनेश खबरलाई बताए ।

सामूहिक बलात्कार गरेकाे आराेपमा ८ जनालाई पक्राउ गरिएकाे उनले बताए तर केही फरार रहेकाले अहिले नै सबै विवरण खुलाउन नमिल्ने उनले बताए ।

फरार रहेकाहरूकाे खाेजी भईरहेकाे प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार