शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

  • सोमवार, कार्तिक १०, २०७७
कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

धनगढीः कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६० मिलिग्राम लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका २ का ३० वर्षीय नविन राना र २४ वर्षीय डिल्लु राना रहेको जानकारी दिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार