बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • किन कलेजी देखियो फेशबुक म्यासेञ्जर

किन कलेजी देखियो फेशबुक म्यासेञ्जर

  • बिहिबार, कार्तिक ६, २०७७
किन कलेजी देखियो फेशबुक म्यासेञ्जर

यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला । फेसबुकले निलो र सेतो कलरमा रहेको यस अघिको लोगोमा केही नयाँ कलर थपेको छ ।

कम्पनीका अनुसार भविष्यको म्यासेजिङको प्रतिबिम्बको रुपमा नयाँ लोगो ल्याइएको हो । जसले थप गतिशिल, रमाइलो र मानिसहरुसँग नजिक रहन इन्टिग्रेटेड फिचरलाई समग्र रुपमा अभिव्यक्त गरेको छ ।

तर कतिपयलाई सेतो र निलो रंगमा रहेको लोगोमा कलेजी र निलो रंगको ग्रेडियन्ट भरेको त्यति मन परेको छैन । तर फेसबुकले यो केवल लोगोको परिवर्तन मात्र नभएको स्पष्ट पारेको छ ।

पछिल्लो समय कम्पनीले भिडियो कन्फ्रेन्सका लागि रुम, इन्स्टाग्रामसँगको इन्टिग्रेसन लगायतका थुप्रै नयाँ फिचर म्यासेञ्जरमा थप गरिरहेको छ । नयाँ लोगोसँगै कम्पनीले प्रयोगकर्ताको च्याटलाई थप रंगमय बनाउन सकिने गरी च्याट थिम पनि रोलआउट गरेको छ ।

यसका साथै थप फिचर चाँडै आउने बताइएको छ । जसमा सेल्फी स्टिकर र भेनिस मोड समेत रहेका छन् । यसले प्रयोगकर्तालाई निश्चित समयपछि म्यासेज स्वतः आफै बिलाउने गरी सेट गर्न सकिने सुविधा समेत दिनेछ ।

उल्लेखनीय कुरा के छ भने सेल्फी स्टिकर र भेनिस मोड जस्ता केही फिचर सुरुमा इन्स्टाग्रामको डाइरेक्ट म्यासेजका लागि उपलब्ध हुनेछन् । अब चाँडै इन्स्टाग्रामका प्रयोगकर्ताले एकआपसमा म्यासेञ्जरका प्रयोगकर्तासँग म्यासेज आदान प्रदान गर्न सक्ने फेसबुकले जनाएको छ ।

साथै म्यासेञ्जरका कतिपय फिचर इन्स्टाग्राममा समेत थपिँदैछन् । यद्यपी कम्पनीले केही फिचर म्यासेञ्जरभन्दा पहिला इन्स्टाग्राममा उपलब्ध हुने जनाएको छ ।

यो नयाँ घोषणामा फेसबुकले म्यासेञ्जर र इन्स्टाग्रामबीच चाँडै क्रस प्लेटफर्म सञ्चार गर्न सकिने भन्दै त्यसको सुरुवात उत्तरी अमेरिकाका प्रयोगकर्ताबाट हुने उद्घोष समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार