शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनता लाई सरकारको कत्ति भर भएन (गजल)

जनता लाई सरकारको कत्ति भर भएन (गजल)

  • मङ्लबार, कार्तिक ४, २०७७
जनता लाई सरकारको कत्ति भर भएन (गजल)

जनता लाई सरकारको कत्ति भर भएन,
अबत मन्त्रि पाल्न पनि कत्ति कर भएन।

सक्दैन भन्छ जाँचगर्न सरकारले बिमारी,
जनताहरुको देश भित्र कुनै कदर भएन।

गर्छ जनता को कर,रेमिटेन्सि मा ऐयासि,
जनता मा मान्य अब उन्को अडर भएन।

भ्रष्टचारको बिरुद्धमा चित्कार जनताको,
सरकारलाई त्यसकै पनि त असर भएन।

कोरोना ले त्राही-त्राही छ जनताहरु यँहा,
रोग बिनाको आज कुनै गाउँ सहर भएन।

मेला पर्वकै बेलामा युवाले घर छाडे पछि,
भत्ता खाँदा थोरै लाज संसद उपर भएन।

चर्चामा

सम्बन्धित समाचार