शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कोसेली (लघुकथा)

कोसेली (लघुकथा)

  • मङ्लबार, कार्तिक ४, २०७७
कोसेली (लघुकथा)
 सुरेशकुमार पान्डे

फुलमति लाई धने ले तिन भाई छोरा र दुईटी छोरी अनि धेरै रिण समेत कोसेली दिएर स्वर्गमा गयो।आज त्यही कोसेलीको परिणाम भुक्ति रहेकीछे!कति दुखःगर्छे दिन रात त्यो अभाकीनले!भैन भनेर तेसैको निमेकमा पनि ठगेछौ!यस्ता असाय महिलाले सराप दिएपछि पनि लाग्छ भन्छन!मुख्यनीले आफ्नो लोग्नेलाई सम्झाउँदै भन्छिन।उनि अलि उद्धार स्वाभावकी महिला थिईन।मुख्या भने अति कन्जुस थियो।उस्ले नठगेको गाउँमा कुनैपनि थिएन।मुख्यानि लाई सबैले ईज्जत गर्थे तर मुख्यालाई भने देखि सहँदैनथे।
फुलमतीका स-साना पाँच भाई बैना थिए आफु अनपड भयपनि छोरा-छोरीलाई जसरी भयपनि पढाउँने प्रयासमा दिनोरात मज्दुरी गर्थिन।दिन बत्दै गयो छोराहरु र छोरीले कसैले एस एलसी र अलि अलि पढे र आ-आफ्नो काम मा लागे कोई परदेशी भए तर कान्छो छोराले भने पढाई छाडेन उस्को राम्रो पढाई थियो।
फुलमतीले सोँच्थिन कसैले बाउ नभयको टुहुरा भनेर हेला नगरुन।अनि छोरा छोरीले पनि आफुलाई बिना बाउका भनेर असाय नबनुन।आखिर त्यस्तै प्रकारले खुब मिहेनत गर्दै कान्छो छोरालाई खुब पढाईन।
गरीब भयपनि उन्को काम देखेर त्यो गाउँमा सबैले राम्रो गर्थे।मुख्याले पनि उस्लाई राम्रै गर्थ्यो मुख्यानिले फुलमतिलाई मायाँ ग्रथिन कैले कसो फुलमतीलाई घरमा खाने अन्न भैन भने मुख्या नभयका बेला आएर लगेस मैले दिन्छु,लाज कत्ति नमानेस भनेर सम्झाउँथिन।आज फुलमतिलाई दिनु पर्ने निमेक गरेको हिसाब बाट एकदिनको पगार मुख्याले जानेर काटेछन।हिसाब गर्दा मुख्यनिले भेटाएपछि दुई जनाको बिचमा टाक्रे-टोक्रे हुँन्छ।नकराउन तिमी सबैलाई पुरै दिएपछि आफुलाई के बच्छ भन तो?मुख्यले मुख्यानि सँग प्रश्न गर्छन।होईन बुढा त्यो फुलमतीको पैसा लिएर आफ्नो घरमा सङ्कट खडा नगर उस्लाई बोलाएर त्यो एकदिनको पैसा फर्काई दिनु!भन्दै बुढीले चेतावनी दिन्छिन।हौश म फर्काईदिउँला भन्दै मुख्या भाईर निस्किन्छ।समय बित्दै जाँदा
फुल मतीको छोरा पुलिसको अपसर बन्यो।अनि फुलमति खुसिले गदगद भयकि थिईन।उस्लाई लाग्या थ्यो जिवनभरीको मिहेनतको परिणाम राम्रो आयो।
दशै नजिक आई पुग्दा नपुग्दै उस्ले एउटा तस्करले तस्करी गरेको देख्छ।तर त्यो राति भयकोले उस्ले त्यो तस्करलाई छोप्न सक्दैन आँध्यारोको लाभ उठाएर भाग्छ।एकजना ले केहि समान ओसारेको जस्तो देखेर सोध्छ कोछ त्यँहा?
यो कस्को समानहो?रातिमा ओसारने भन्दै कराउँछ अनि सबै कतै लुक्छनःसोर सराबा अहिले बन्द थियो।
कान्छाले लाईट लगाएर चारै तिर हेर्छ तर उनिहरु कोईपनि त्यँहा थिएनन।
कान्छाले आफु भन्दा सिनियर सँग कुरा राख्छ आफुलाई संका लागेको तर उनिहरुले पनि खासै कुनै पहल गर्नु को साटो उल्टै कान्छा लाई यस्ता भ्रामित गतिबिधीमा ध्यान नपुराउन आदेश दिन्छन।बिना प्रमाण कसैको बिरुद्धमा कार्वाई हुँदैन भन्दै उल्टै कान्छालाई सुझाब दिन्छन।यस्तो पटक पटक हुन्छ तर कान्छालाई कसैले साथ दिदैनन् तस्करहरुको बिरुद्धामा लड्ने एक्लो पर्छ।
जब उस्ले तस्करको बिरोधमा अभियान चलाउँछ कुनै लोभिले आर्थिक लालचमा कान्छाको योजनाको बारेमा बताई दिन्छ।
गाउँ घरमा दँसैको रम झम थियो फुलमतिले घर पोत्ने सिङ्गारने गर्दै थिईन।अहिले कोरोनाका कारणले सात सए तिस जना भन्दा बढीको ज्यान गयको भयपनि बाँचेकाले दँसै मनाउँदै थिए।फुलमति छोरा पुलिसमा भर्ना भए देखुन धेरै खुसि थी।जिवनभरी खुसि के हो थाहा नपाएकी फुलमती लाई बल्ल खुसिको आभाश भयको थियो।
आज बिहानै देखून आगन सफा गरेर आगनमै भयको तुलसाको मैरो लाई पोते सजाएकी थिईन।
दिन नढल्दै उन्लाई दसैको कोसेली दुखःको कहर आई लाग्यो।छोरालाई तस्करहरुको भिडन्तमा मारिएको खबर आयो।उस्लाई रिङ्गाटा लाग्यो अनि मूर्छा परेर त्यही आगनीमा ढल्छे।बिचरी लाई केथाहा यो पुँजिवादी सम्रचना भित्र गरिब ज्यामी ले ईमान्दारीताको प्रर्दशन गर्नु आफ्नो बलि चढाउँनु पर्ला भन्ने।
१९-१०-२०२०(कथा काल्पनिक हो कसैको निजि जिवन वा पात्रका नाम सँग मिल्न गयमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार