मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • समाज
  • प्रहरी दिवसकै दिन चार लाख घुससहित हवल्दार पक्राउ

प्रहरी दिवसकै दिन चार लाख घुससहित हवल्दार पक्राउ

  • शुक्रबार, अशोज ३०, २०७७
प्रहरी दिवसकै दिन चार लाख घुससहित हवल्दार पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको छ। हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ ।

देशभर प्रहरी दिवस मनाइरहदा उनलाई शुक्रबार दिउँसो अख्तियारले समाएको हो ।रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार