शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • थप २१ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

थप २१ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

  • शुक्रबार, अशोज ३०, २०७७
थप २१ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ। गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ५४ हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा छन्।

चर्चामा

सम्बन्धित समाचार