शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • मंगल ग्रहबारेका ७ रोचक तथ्य

मंगल ग्रहबारेका ७ रोचक तथ्य

  • शुक्रबार, अशोज २३, २०७७
मंगल ग्रहबारेका ७ रोचक तथ्य

सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ ।

सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् । यद्यपि निकट भविष्यमै मंगल ग्रहमा मानिस पुगिहाल्ने सम्भावनाचाहिँ देखिएको छैन ।

रातो ग्रहको नामले समेत चिनिने मंगल ग्रह पृथ्वीजस्तै पिण्डबाट बनेको ग्रह हो । स्मरणहोस्ः सौर्यमण्डलका कतिपय ग्रहहरु ग्यासीय पिण्डको रुपमा रहेका छन् ।

· मंगल ग्रहमा ज्वालामुखीदेखि लिएर उपत्यकाहरु र मरुभूमि देखि लिएर ध्रुबीय हिउँका क्षेत्रहरु समेत रहेका छन् ।

· पृथ्वीले सूर्यको परिक्रमा गर्नका लागि ३ सय ६५ दिन लगाउँदछ । जबकी मंगल ग्रहलाई सूर्यको परिक्रमा गर्नका लागि ६ सय ८७ दिन लाग्दछ । अर्थात् मंगल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ ।

· मंगल ग्रहका ध्रुवीय क्षेत्रमा पृथ्वीभन्दा निकै कम तापक्रम हुन्छ । त्यहाँको न्यूनतम तापक्रम माइनस १ सय ४० डिग्री सेल्सियससम्म पुग्दछ । साथै मंगल ग्रहमा धुलोयुक्त आँधीबेहेरी चल्दछ ।

· पृथ्वीमा जस्तै मंगल ग्रहमा पनि ४ वटा मुख्य ऋतु हुन्छन् । अर्थात् पतझड, गृष्म, शरद र ठण्डीयाम । यी चारवटै ऋतुको लम्बाइ पृथ्वीभन्दा झण्डै दोब्बर हुन्छ ।

· पृथ्वीको भन्दा मंगल ग्रहको गुरुत्वाकर्षण शक्ति कम छ । त्यसैले १ सय किलोको कुनै व्यक्ति मंगल ग्रहमा गयो भने त्यसको तौल ३८ किलो हुन्छ ।

· पृथ्वीको एउटा मात्र चन्द्रमा छ । जबकि मंगल ग्रहका दुईवटा चन्द्रमा छन् । मंगल ग्रहका उपग्रह अर्थात् चन्द्रमाहरुको नाम डेमोस र फोबोस हो । फोबोसको व्यास १३.८ माइल छ भने डेमोसको ब्यास ७.८ माइल छ ।

· पृथ्वीजस्तै मंगल ग्रहको सतह पनि चार तहले बनेको छ । क्रस्ट, मेन्टल, बाहिरी कोर र भित्री कोर । यी तहहरुको रासायनिक संरचना पनि पृथ्वीकै जस्तो भएको बताइन्छ ।

· पृथ्वी र मंगल ग्रह करिब २ वर्षमा एकअर्काको सबैभन्दा नजिक पुग्दछन् । त्यसबेला पृथ्वीबाट नांगो आँखाले पनि प्रष्टरुपमा मंगल ग्रह देखिन्छ । गत अक्टोबर ६ का दिन मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । अब सन् २०२२ को डिसेम्बरमा पुनः यो पृथ्वीको नजिक आउनेछ ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार