शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

  • बिहिबार, अशोज २२, २०७७
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ । यसैगरी, आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार