शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साजिश (लघुकथा)

साजिश (लघुकथा)

  • बिहिबार, अशोज ८, २०७७
साजिश (लघुकथा)

सुरेशकुमार पान्डे।
पानी परेकैछ अहिले ता बर्षात पनि धेरै लामू भयो।राधाले सुकेका दाउँरा ओवानोमा राख्दै गन गन गर्दै थिन।आमा के भन्नु भयो?सिताले आमा गन-गन गरेको सुनेर सोध्छे!तलाई होईन!भन्दै फेरी आफ्नो काम तिर लाग्छिन।
घरमा आमा छोरी मात्रै थिए उस्को छोरा लाहुर गयको तिन बर्ष जति भयो न पैसा आउँछ न चिठि उतै बिहेगरेर बसेको भन्ने हल्ला गाउँघरका लाहुरेहरुले भन्छन तर आफुलाई भने केहि थाहाछैन।उ बाबा लाई जेल बाट निकाल्छु पैसा कमाएर भन्दै हिँडेको थियो।तर जिबितनै छ छनता तर घरमा सम्प्रक बिहान भयकोछ।
सिता पनि बिहे गर्ने भै सकेकिछ कोहि माग्न आए दिनहोला भन्दै राधाले मनमनै सोचेकि छन।यो जमानामा राम्रो लगनको केटा पाउँन पनि मुश्किल पर्छ।सक्या जती पढाएकै छुँ मेरो क्रतब्य त्यहि त होनी उस्ले मनैमन भन्छे।
सिताको बाबा भने कुनै अभियोगमा सजाय काट्दै छ जेलमा।बिर्खे साहु अत्यान्तै फटाह थियो उसै सँगको दुश्मनिले ज्यानमारा आरोप लगाएर झग्गुलाई जेलमा हाल्यो।
डाक्टर अनिल तपाईँ मेरो नातेदार भयर एउटा काम पनि गर्न सक्नु हुँदैन!बिर्खेले भन्छ।किन नसक्ने भन्नुसन हजूरको लागि जेपनि गर्न सक्छु!अनिल ले भन्छ।अनिल एउटा अस्पत्तालको डाक्टर हो तर बिर्खे गाउँको जमिनदार दुबैको स्यानै देखि घनिष्ट मित्रता थियो।मेरो पुरानो दुश्मन लाई शिध्याउँनुछ!बिर्खेले आफ्नो हतमा भयको गिलासलाई होँठमा लगाउँदै अनिल तिर कोखे आँखाले हेर्दै भन्छ।को?.त्यो झग्गुको कुराता होईन?डा.अनिलले अलि गम्भिर हुँदै सोध्छ।हो!बिर्खेले गिलास टेबुलमा राख्दै भन्छ।तर त्यो त जेलमा छ नी कसरी शिध्याउँन सकिन्छ?अनिलले आश्चार्या प्रकट गर्छ।हा हा हा.बिर्खेले दुबै गिलासमा रम खतखती पार्दै दुईटै प्याक बनाउँदै!त्यो सेतो कोट के कामको हो त फेरी कहिले आउँछ काम?भन्दै गिलास उस्को हातमा दिन्छ।भाईर पानी परिरहेको छ बिस्तारै चिसो बतासले प्रदा हल्लाई रहेकोछ।बारीमा भयका रुख बिरुवाहरुको पातले पनि बिस्तारै कानाखुसी गरेको जस्तै गर्छन।रातले पनि सुस्तरी अन्ध्यारो फैलाउँदैछ।बिर्खे र अनिल लाई रक्सिले आफ्नो आघोसमा जक्डिदै छ।
मैले सम्झिन गुरु आखिर हजूरले के भन्न खोज्नु भयकोछ?अनिलले राता राता आँखाले बिर्खे तिर हेर्दै भन्छ।बिर्खेले टेबुलको आस्नको दराज खोल्छ त्यँहा बाट भारुका दुई दुई हजारका गड्डि निकाल्दै अनिल तिर सर्काउँछ।अनिलका आँखा अब त्यो नोटका गड्डि तिर थिए।तीमि अक्सर जेलमा कैदीहरु जाँचन जान्छौ के त्यो कैदिलाई कोरोना हुँन सक्दैन?हाहाहा बिर्खेले ठहेका लगाउँछ।अनिलले कुरा बुझिसकेकोछ उस्ले टेबुलमा भयका ति नोटका गड्डि उठाएर आफ्नो बैगमा राख्छ।त्यो कैदीको सजाए छिट्टै सक्किँदैछ त्यो भाईर आयो भने हाम्रो धेरै नोक्सान गर्न सक्छ उस्लाई हामिले त्यो बेला झुट्टा आरोपमा फसाउँन सफल भएपनि अहिले त्यो छुटेपछि को अबस्था अर्कै हुँनेछ!त्यसैले त्यो कैदिलाई कोरोना संक्रमण देखाएर होष्पिटलमा ल्याउ अनि त्यो होष्पिटल बाट मुर्दा मौमजाममा लपेटिएको हुँनेछ!बुझ्यौ?बिर्खेले डाक्टर अनिल तिर हेर्दै आफ्नो प्लान सुनाउँछ।
वा गुरु क्या पलानहो!कोरोनाको डरले उस्का साख्खैपनि नजिक आउँदैनन।उ अस्पत्तालमा आएपछि त्यो लाशमा परीणित हुँनेछ,चिन्ता नगर्नुश।यो मौका लाई हाथबाट जान दिनु हुँदैन।दुश्मनहरुलाई सिध्याउँने अहिलेको यो अबस्था एकदम ठिक छ!अनिलले कृतिम हाँसो ओँठमा ल्याउँदै भन्छ।
यता राधा र सितालाई आफ्नो लोग्ने र बाबा सजाए काटेर अब छिट्टै फर्किनेछन भनेर ढुक्क छन।अहिलेको यो दँशैमा खुब खुसिमनाउँला भन्दै आमा छोरीले घरको साफ सफाई बारीमा फुलहरु पनि रोपेका थिए।
आमा अहिलेको दँशै र तिहार त हाम्रो लागि उत्शाजनक हुँनेछ बेग्लै हुँनेछ।कास मेरो दाईपनि आउँथे लाहुर बाट! भन्दै सिता अलि निरास भय झैँ देखिन्छे।आउँछ त्यो पनि तेरो हातको टिका लगाउँन।आमाले छोरी लाई दिलासा दिन्छिन।
अर्को दिन साँझ फोनको घन्टी बज्छ नम्बर ता जेलको हो आमा भन्दै सिता खुसि हुँन्छे साहिद जेलबाट आफ्नो बाबा लाई लिन आईजाओ भन्छकी भन्ठानेर।हैलो!सिता मुस्कुराउँदै भन्छे।हजूरको बाबा लाई बिसन्च भयकोछ छाति दुख्छ भन्छन हामि कोरोना जचाउँन अस्पत्तालमा लैजाँदै छौँ!भन्दै उता बाट कुराको बिट मार्छ।सिता र राधा आत्तिदै घरबाट एक एक जोडा लुगा राखेर अस्पत्ताल पुग्छन।त्यँहा अस्पत्तालमा झग्गु को मृत्यु भयको जानकारी गराउँछन।लाशहेर्ने अनुमति छैन भन्छन!तर छोरीले जबर्जस्ति म मेरोबालाई हेर्छु भन्छे र भित्र घुस्छे त्यो लास हेर्दा उस्लाई जान बुझेर मराएको जस्तो देखिन्छ।उनिहरुले यो लाशको पोस्टमार्टम गर्न दवाब दिदैँछन।उता बिर्खे र अनिलले साँझमा खुसि मनाउँदैछन।के त्यो झग्गु साँच्चै कोरोनाले मोरेको हो वा कोरोनाको आडमा उस्लाई जानबुझेर एउटा साजिसको तहत सिध्याईयो?यो एउटा अनुत्तरीय प्रश्न(?)
(कथा काल्पनिक हो यो कथा सँग कसैको नाम ठाउँ र कथा कसैको निजि जिवन सँग मेलखान गएमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार