बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कोरोना सङ्क्रमित एक युवाको उपचारको क्रममा मृत्यु

कोरोना सङ्क्रमित एक युवाको उपचारको क्रममा मृत्यु

  • बिहिबार, अशोज ८, २०७७
कोरोना सङ्क्रमित एक युवाको उपचारको क्रममा मृत्यु

चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो । डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार