बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • के तपाईंलाई डेंगी भएको थियो? अध्ययन भन्छ- तपाईंमा कोरोना प्रतिरोधी क्षमता हुनसक्छ

के तपाईंलाई डेंगी भएको थियो? अध्ययन भन्छ- तपाईंमा कोरोना प्रतिरोधी क्षमता हुनसक्छ

  • बुधबार, अशोज ७, २०७७
के तपाईंलाई डेंगी भएको थियो? अध्ययन भन्छ- तपाईंमा कोरोना प्रतिरोधी क्षमता हुनसक्छ

एक अध्ययनमा डेंगीको प्रकोप भएका समुदायमा कोरोना संक्रमण कम फैलिएको पाएको छ। यसले डेंगीको ज्वरोले मानिसहरूलाई केही तहसम्म कोरोना प्रतिरोधी क्षमता प्रदान गर्नसक्ने देखाएको छ।

अध्ययनका अनुसार डेंगी र कोरोना भाइरसबीच अचम्मको सम्बन्ध पाइएको छ जुन हामीले मात्र होइन यसका बारेमा अध्ययन गरिरहेका वैज्ञानिकहरूले पनि देखेका थिएनन्। बिगतमा डेंगीको ज्वरो आएका मानिसहरूमा कोरोना विरूद्ध केही तहसम्मको प्रतिरोधी क्षमता पाइएको अध्ययनले जनाएको छ।

ब्राजिलको कोरोना महामारीको विश्लेषण गरेको सो अध्ययनले कोरोना संक्रमण र विगतमा भएको डेंगी प्रकोपकाबीच अपत्यारिलो सम्बन्ध रहेको भेट्टाएको छ।

अध्ययनले के देखायो?

ड्यूक विश्वविद्यालयका प्राध्यापक मिगुएल निकोलिस नेतृत्वको अध्ययनले दुबै प्रकोपका बारेमा गरेको तुलनात्मक अध्ययनले यी दुईबीचको अन्तसम्बन्ध पत्ता लगाएको हो।

प्रकाशित हुन बाँकी यो अध्ययनका बारेमा निकोलिसले रोयटर्ससँग पहिलोपटक खुलासा उरेका हुन्। उनको टोलीले सन् २०१९ र २०२० को बीचमा भएका डेंगी प्रकोपको अध्ययनबाट यो तथ्य पत्ता लगाएको हो। अध्ययनका अनुसार डेंगीको अत्याधिक प्रकोप खेपेका स्थानमा कोरोनाको संक्रमण कम फैलिएको छ।

‘यो उल्लखनीय खोजले यी दुबै रोगबीच प्रतिरोधी क्षमताका बारेमा पेचिलो सम्भावना फेला पारेको छ’, डेंगी भाइरसको एन्टीबडी र कोरोना भाइरसलाई इंगित गर्दै अध्ययनले भनेको छ।

‘यदी यो परिकल्पना सत्य सावित भएमा डेंगी संक्रमण वा डेंगीको सुरक्षित खोपले कोरोना भाइरसविरूद्ध एक स्तरको प्रतिरोधी क्षमता दिनेछ’, अध्ययनमा भनिएको छ।

यध्यपी अनुसन्धानकर्ताहरूले कोरोनालाई डेंगीसँग जोडेको यो पहिलोपटक भने होइन। निकोलिसले रोयटर्सलाई अघिल्ला अध्ययनहरूले रगतमा डेंगीको एन्टीबडी भएकाहरूमा कोरोना संक्रमण नभएपनि संक्रमण भएको गलत रिपोर्ट देखाउने गरेको बताएका छन्।

‘यस दुई भाइरसबीच प्रतिरोधात्मक अन्तरक्रिया भएको संकेत गरेको छ, जसलाई कसैले पनि आशा गरेका थिएनन्। किनकी यी दुबै भाइरस पूर्णरूपमा फरक परिवारबाट हुन्’, निकोलिसले भने। उनले यसलाई प्रमाणित गर्न थप अध्ययनको आवश्यकता रहेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार