शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आमा यो पाली पनि म घर आउदीन

आमा यो पाली पनि म घर आउदीन

  • सोमवार, अशोज ५, २०७७
आमा यो पाली पनि म घर आउदीन

आमा यो पाली पनि म घर आउदीन
बाटो कुरी नबसे बारम्बार बाबालाई
दशै आउन कति दिन बाॅकी भनि
यो प्रश्न नसोधे नजिकिदै गर्दा चार्डवाड
छोरी आउने दिन नजिकीयो यो कदापी नसोचे

मखमली फुल आगनीमा फुली सक्यो होला
घरपरको चौतारीमा वर पिपलले पनि
मलाई अति नै सम्झिन्छ होला
बालाकालमा भाॅटाकुटी खेल्दा रोपेका
त्यी विरूवा कति ठुला भए होलान
एकासी रैवार नदिएरै छोडेर हिडे गाउॅ
खोजेर मलाई त्यीनले कति रोए होलान
सेतो कोट लगाई जनसेवामा खट्ने हुनाले
विश्राम छैन मलाई दशै मनाउन पाउॅदिन
आमा यो पाली पनि म घर आउदिन

लुटेर कुटेर दुखै खेद दिएर चल्ने
तिमीले संस्कार दिएनौ
हजारौको कान बुज्ने आखाॅ छल्ने
नपढी गवार कुसन्तान नेता हुन
आफ्नै मानसपटलले दिएन
आज बिनाहतियार फोक्सोको सास
हत्केलामा अडाएर पाटी झण्डा जाति धर्म
लिंग वर्ग धनिगरीब इत्यादी हैन मानव बचाउन
म यो विश्व महायुद्द लड्दैछु त्यसैले
आमा यो पाली पनि म घर आउदिन

छरछिमेकीले सोधे भने छोरीको जागीरमा
छुट्टी मिलेन नभनिदिनु विन्ति छ
मानसम्मान मर्यदा नहेर्ने यो मेरो सेवालाई
रोजगारी को नामले नबेचि दिनु बिन्ति छ
यदी डाक्टर गोविन्द्र के.सी जीले जागीर गरेका भए
सडक र पेटीमा बास हुने थिएन
सुनहिरा मोतीले सजिन्थ्यो शरीर र दरवार
कयौॅ जन लाई मौलाउॅदो उमेर मै
सास हुनेथिएन
छाॅति दरो बनाई सौभाग्य छोरीलाई सम्झि
बस तिमी स्वंयम हाॅसि दिए है तर
आमा यो पाली पनि म घर आउदिन

मलाई लाखौॅ रूदै मरेका फ्लोरेन्स
नाइटिंगेललाई पनि त हसाउॅनु छ
सधै तिम्रो फोनको प्रतिक्रिया फर्काउन सकिन
माफ गरे बाआमा तिमीलाई सन्चोबेसन्चो
मैले कहिलै सोधी रहन सकिन
आफैलाई भोक लागेको पत्तो नपाउने म
माफ गरे के खान्छौ होला भनि सोची रहन सकिन
कवाज विना युद्ध जित्न खोज्दै छु
तक्मा पुरस्कार हौसला उत्प्रेणाले हैन
यही ज्यानको धितो चढाई
त्यहि पनि निशुल्क गाली गलैच अपमान
ढुंगा मुढा थाप्दै स्वंयमलाई त्यी बाट र
साथै त्यी सबैलाई महाकालबाट बचाउॅनु छ
त्यसैले ,
आमा यो पाली पनि म घर आउदिन

चर्चामा

सम्बन्धित समाचार