शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

  • सोमवार, अशोज ५, २०७७
पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृत्यु भएको हो ।

रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार