बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

  • सोमवार, अशोज ५, २०७७
छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे ।

घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।

बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’

बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ ।

अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झगडा भइरहन्थ्यो । उनले अनितामाथि कुटपिट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरे ।’

अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती गम्भीर छ । राजिव पनि उनीसँगै छन् ।

पन्नालालले गरे अस्विकारः

यद्यपि, हिरासतमा लिएपछि पन्नालालले मिडियासँगको कुराकानीमा अनितासँग उनको झगडा भएको र रिसमा उनले हँसियाले उनलाई हमला गरेको कुरा स्विकार गरे तर जस्तो आरोप लगाइँदै छ, त्यो उद्देश्यले भने श्रीमतीमाथि हमला नगरेको स्पष्टिकरण दिए ।

पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा । मेरी श्रीमती सधैं मसँग झगडा गर्छिन् । शनिबार पनि झगडा भयो र रिसमा मैले हँसियाले उनलाई हानेँ । यसले उनी यति गम्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’

यस्तै, पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झगडा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’

यद्यपि, पन्नालालकी छोरी र उनको परिवारका अनुसार मिडियामा जस्ता कुरा आइरहेका छन्, त्यो कारणले पन्नालालले श्रीमतीमाथि हमला गरेका होइनन् ।

एसएसपी संकल्प शर्मा भन्छन्, ‘प्रहरीले छिमेकीसँग पनि कुराकानी गरिरहेको छ र अभियुक्तका परिवारसँग पनि सोधपुछ गरिरहेको छ । अभियुक्तका छोरीहरु ठूला छन्, उनीहरुसँग पनि सोधपुछ भइरहेको छ । यी दुईको धेरैजसो झगडा भइरहने कुरा त आएको छ तर शनिबार सायद त्यस्तो केही नभएको पनि हुनसक्छ । अनुसन्धान चलिरहेको छ र चाँडै नै वास्तविकता सार्वजनिक हुनेछ । ’

चर्चामा

सम्बन्धित समाचार