बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

  • आइतवार, अशोज ४, २०७७
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। ज्यान गुमाउने संक्रमित ५९ वर्षीय एक पुरुष हुन्। नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको हो।

उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी भदौ २० गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए।

उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शनिवार बेलुका साढे ५ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार