शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

  • शनिबार, अशोज ३, २०७७
हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

हतुवागढी गाउँपालिका भोजपुरकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ३ बजे राईको निधन भएको हो ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार उनमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो । उपाध्यक्ष राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्यसमेत हुन् ।

चर्चामा

सम्बन्धित समाचार