बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • अार्थिक अभाव भएर उपचार गर्न नपाएकी रजी तिरूवालाई सहयाेग जुट्याे

अार्थिक अभाव भएर उपचार गर्न नपाएकी रजी तिरूवालाई सहयाेग जुट्याे

  • बिहिबार, अशोज १, २०७७
अार्थिक अभाव भएर उपचार गर्न नपाएकी रजी तिरूवालाई  सहयाेग जुट्याे

जिवन कैला– बाजुराको वुढीनन्दा नगरपालिका वडा नं दुई वस्ने रजी तिरुवालाई आर्थिक रकम सहयोग गरीएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकी समस्यामा पर्नुभएको तिरुवालाई आज २४ हजार १ सय ८१ नगद सहयोग गरीएको हो । करीव दुई चार वर्ष पहिले देखि पाठ्यघरको समस्याले सताएको र आर्थिक अभावले उपचार गर्न नसकि थला पर्नुभएकोे तिरुवालाई हलिया अधिकारकर्मी तथा सामाजिक अभियान्ता जयलाल विक नेतृत्वको टोलिले संकलन गरेको सो रकम हस्तान्त्रण गरीएको हो । जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर शार्की, राष्ट्रीय हलिया मुक्ति महासंघ समाजका सचिव तथा जगन्नाथ गाउँपालिकाका प्रबक्ता डबल विक लगाएतको टोलिले सो रकम संकलन गरेको थियो ।

कोल्टी बजारका ब्यापार ब्यबसायि, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी लगायत उद्योगीहरु बाट संकलन भएको २४ हजार १ सय ८१ नगद रकम पिडित तिरुवालाई सहयोग गरीएको हलिया अधिकार कर्मी जयलाल विकले जानकारी दिनुभयो । कोल्टी बजारमा विभिन्न पेशामा आवद्ध ब्यक्तिहरु बाट संकलन भएको उक्त रकम आज एक कार्यक्रमका विच उहाँलाई हस्तान्त्रण गरीएको सामाजिक अभियान्ता विकले बताउनुभएको छ । पिडित तिरुवालाई वुढीनन्दा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । समिट एअरले उपचारका लागि बाजुरा देखि नेपालगञ्ज सम्मको भाडा छुट गर्ने भएको छ भने नागरीक सेवा सरोकार मञ्ज बाजुराले उपचारमा सहयोग गर्ने भएको छ । पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश शिहं र नागरीक सेवा सरोकार मञ्च बाजुराका संयोजक भण्डारीको समन्वयमा उपचारमा सहयोग गरीने बताईएको छ ।

लामो समय देखि पाठ्यघरको समस्या बाट ग्रसित श्रीमतिको उपचारका लागि विभिन्न निकाय संग सहयोगको अपेक्षा गरे पनि अहिले सम्म कहि कतै वाट सहयोग नजुटेकाले उपचार गर्न नसकेको उहाँका श्रीमान कणर् तिरुवाले बताउनुभएको छ । कमाएको पैसा जति उपचारमा खर्चिए पनि श्रीमतिको रोग सन्चो नभएको उहाँले गुनासो गर्नुभएको छ । घरको आर्थिक स्थिती कमजोर भएका कारण वेलैमा श्रीमतिको उपचार गर्न नसकेकोले थप चिन्ता थपिएको उहाँले बताउनुभएको छ । उपचारका लागि विभिन्न निकाय संग हार गुहार गर्दा पनि सहयोग भएन तिरुवाले भन्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार