बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो

बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो

  • बिहिबार, अशोज १, २०७७
बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो

काठमाडौँ — नेपाल टेलिकमको बिलिङ प्रणालीमा शनिबार बिहान समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको रहेछ,’ उनले भने,‘प्रणालीमा आएको समस्या समाधान भइसकेको छ ।’

बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो । डेटा प्याक लिएर भन्दा नियमित ब्यालेन्सबाट डेटा चलाउँदा महँगो पर्ने भएकाले उपभोक्ताहरुले धेरै रकम काटिएको गुनासो गरेका थिए ।

सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापत्को रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले बताए । ‘मेन ब्यालेन्सबाट काटिएको रकम पनि डेटा प्याककै दर लगाएर बाँकी रकम ब्यालेन्सको रुपमा फिर्ता गर्ने प्रक्रियामा छौं,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार