मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ तथा घासेँ संक्रान्ती पर्व मनाईदै

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ तथा घासेँ संक्रान्ती पर्व मनाईदै

  • बिहिबार, अशोज १, २०७७
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ तथा घासेँ संक्रान्ती पर्व मनाईदै

बाजुरा लगायत सुदुर पश्चिम प्रदेशका  ७ पहाडी जिल्लामा आज वुढी पोल्ने तथा कुनै ठाउँमा घासेँ संक्रान्ती पर्व मनाईदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने अर्थात घासेँ संक्रान्तीकाे रूपमा पर्वका रुपमा मनाउने परम्परा अनुसार आज धुमधामका साथ यो मनाउन लागिएको छ।

पहाडी जिल्लामा हिजाे सबै जना घासँ काट्ने र संक्रान्तीकाे दिन सबैले गाइलाइ घासँ खुवाने चलन छ । गाउँ समाजमा जती गाइ छन सबैले सबै गाइलाइ एक/एक मुठी घास खुवाने चलन रहेकाे छ । यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ। पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ। यो पर्व प्रदेश सातका डडेल्धुरा बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा मनाउने गरिएको छ।

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिएको जनविश्वास रही आएको छ। यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ।

पुतना दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइ दिने चलन छ।

बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ। साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ।

चर्चामा

सम्बन्धित समाचार