बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आइतबारको मौसम पूर्वानुमान

आइतबारको मौसम पूर्वानुमान

  • आइतवार, भदौ २८, २०७७
आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ । यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार