मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अल्छी (लघु कथा)

अल्छी (लघु कथा)

  • शुक्रबार, भदौ २६, २०७७
अल्छी  (लघु कथा)
           सुरेशकुमार पान्डे

यो कथाको अंश म साँनो छँदा कतै पढेको थिएँ त्यो मलाई याद भय जतीको थोरै भयपनि लेख्दै छुँ।
कथा!
अब ता ठुलो भैईस कुनै काम धन्दा गर बाबु।भबिस्यमा काम आउँछ यसरी हल्लेर केपाउँछस?छोरा,कमाउँने दिन ईनै ता हुँन।आमाले आफ्नो अल्छि छोरालाई बडो प्यार सँग सम्झाउँछिन।आमाँ हेर्दै रहनुश म यो दुनियाँको सबै भन्दा धनी मन्छे बनेर देखाउँछु एकदिन!भन्दै अल्छिले आमालाई आस्वासन दिँन्छ।खै बा कहिले आउँला त्यो दिन भन्दै आमाले गहिरो स्वास लिन्छिन।उन्को बिचार मा आफु बाँच्दा बाँच्दै छोरा कतै काम लागे हुँनेथ्यो भन्ने आस थियो।तर छोरा भने एक नम्बरको अल्छि थियो।यस्तै दिन बित्दै गए आफुले आर्काको काम गरेर त्यो छोरालाई पनि पालेकी थिईन।तन्नेरी छोरा कतै काम ढंगको नगर्ने उस्लाई कसैले काम मा पनि राख्दैनथे।खाली धनी बन्ने सपना देखि राख्थ्यो।
दिन बित्दै गए आमा पनि छोरा लाई एक्लै छाडेर गईन।अब उ कहिले कसैले दिए खाने न दिए भोकै बस्ने र आफुलाई कष्ट दिने बाहेक केहि गर्थ्यो भने धनी बन्ने दिब्य सपना देख्थ्यो, त्यो बाहेक अरू केहि गर्दैन थ्यो।
मुख्याले आफ्ना गाई हेर्ने गोठालो राखेको थियो दिन भरी बगरमा बसेर धनी बन्ने सपना देखि रह्यो गाई हराए पछि मुख्याले पनि उस्लाई काम बाट हटाएछ।हिँजो आजकै दिनमा श्रद्धा चलेको बेला कसैले भोको देखेर उस्लाई एउटा माटाको हाँडीमा खीर खाला बिचरो भनेर हाँडी भरी खिर ल्याएर दिईछन।
अल्छीले खुसी भएर भोक लागेको बेला हतारमा खान थाल्यो तर खिर को गास मुखमा नपुग्दै उस्लाई धनी बन्ने सपना याद आयो।उस्ले अब त्यो खिर खाएन आफु सुत्ने खाटको माथी निरालमा त्यो खिरको हाँडी झुँडायो।आफु तल सुतेर हाँडि तिर हेरी रहेको थियो की उस्ले सपना देख्न सुरु गय्रो।
अब यो खिर बजार लगेर दुई रुपियामा बेच्छु,त्यो दुई रुपियाको दुईटा भाले पोथी चल्ला किन्छु,अनि धेरै कुखुराहरु हुँन्छन ति सबै कुखुराहरु बेच्छु अनि त्यो पैसाले बाख्राहरु किन्छु।बाख्राहरु ले बगाल बडाउँछ त्यो सबै बाख्रा बिक्री गर्छु अनि बिबहा गर्छु।घोँडा किनेर हट हट गर्दै मुख्या बाजे जस्तै भलाद्मी बन्छु।बिहे भयपछि मेरा छोरा छोरी जन्मिन्छन।अनि कसैले एबा यो ले कसैले उ ले भनेर अताउँछन। त्यसपछि मलाई रिस उठ्छ।
यही लठ्टा उचालेर सबैलाई यस्तै गरी ढाई ढाईँ हिरकाउँछु भन्दै लौरो हावामा घुमाएको के थियो खीरको हाँडिमा लागेर त्यो माटाको हाँडी फुट्छ सबै खिर घोप्टीन्छ भुँईमा।
त्यस पछि उस्ले थई त्यो खिर खाएको भए ता पेट भरीन्थ्यो!भनेर पछुताउँछ।
अल्छिहरुको योस्तो ब्यबहार (अथावा यो कथा)बाट हामीलाई कस्तो शिक्षा मिल्छ? कृपया कमेट गरेर मलाई जानकारी गराउँनु होला।मैले यँहा हरुलाई नियमित कथा पस्कँदै आएको छुँ।मेरा कथाहरु कस्तो लाग्छ पढेर मात्रै जस्ताको तेस्तै भन्नु हुँन बिन्रम अनुरोध छ।कृपया रचनाहरुमा स्टिकर न राख्नु होला।११-०-९-२०२०,

चर्चामा

सम्बन्धित समाचार