आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाले भन्दा भोकले मर्ने डर

कोरोनाले भन्दा भोकले मर्ने डर

कुपोषण, भोकमरी,महंगी, असुबिधाले गाँजेको बेला कोरोनाको डर छैन।

  • आइतवार, भदौ २१, २०७७
कोरोनाले भन्दा भोकले मर्ने डर

निमेन्द्र शाही/ बाजुरा २० भदाै– बाजुरा जिल्लाको पुबिउत्तर क्षेत्रका खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडका डिपोहरुमा बिपदमा परहेकालाई राहात दिन समेत खाद्यान्न नपाईने भए पछि सदरमुकाम मार्तडीको डिपोमा रहेको दुई सय कण्टेल चामल कोल्टी डिपोमा पठाईएको छ। अहिले सदरमुकामको डिपोमा समेत खाद्यान्न बितरणमा रोक लगाइएइको छ।
त्यस क्षेत्रका स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका गरी चार वटा स्थानिय तहमा खाद्यान्न संकट शुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्याध्यान्नको मैजात दुई महिना देखी शुन्य बनेको छ। कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेको जनसंख्या जिल्लामा भित्रीए संगै जेठको दोस्रो साताबाट ति डिपोमा चामलको मैजात राख्न सकीएको छैन।
लिमिटेडको क्षेत्रीय कायालय धनगढीबाट समयमा चामल नपठाएका कारण यो समस्या आएको र अहिले बाजुरा आउँने बाटो बिग्रेका कारण हवाई बाहेक स्थलगत ढुवानीको बिकल्प नहुँदा त्यस क्षेत्रमा खाद्यान्नको समस्या भएको हो। लिमिटेडको कोल्टी डिपोमा गत आर्थिक बर्षको आठ हजार कुण्टेल चामल पुरा ढुवानी हुँन सकेन भने कवडी डिपोमा भएको दुईहर कुण्टेल डिपोमा पुगाउँन बित्तीकै बिक्री भएर मैजात सकीएको थियो। त्यस पछि सडको समस्या देखाउँदै लिमिटेडले खाद्यान्न आपुर्ति गर्न सकेको छैन। बाजुरामा आफ्नो उत्पादनले तिन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ।
हरेक बर्ष एघार हजार मेट्रीटन खाद्यान्न अभाव हुँने गरेको छ। त्यसको पुर्ति लिमिटेडले गर्ने गरेको देखीन्छ। कोरोनाले समस्यामा रहकेका यहाँका जनतालाई भोकमरीले सताउँने देखीन्छ।
कृर्षि ज्ञान केन्द्रको कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ। त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । अर्थात ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ। आकाशे पानीको भरमा खेति हुँने हुँदा किसानले अहिले रोपाई गर्न शुरु गरेका हुन्। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ।
कृर्षि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रशार अधिकृत मिन प्रशाद जोशी ले भनेः‘हाम्रो जिल्ला खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ।यस बर्ष गहुँ खेती समेत त्यति राम्रो भएको छैन बिष प्रतिशत उत्पादन घटेको छ। हाम्रोमा तिन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ।’ उनले थपेः‘असार साउँन र भदैमा गरेर उनिहरुसंग खाद्यान्न अभाव भै सकेको छ। खाद्यान्नले आपुर्ति नगर्ने हो भने ठुलो संख्यामा भित्रीएको जनसंख्यालाई खाद्यान्न ब्यवस्थापनका लागि समस्या छ।’
नागरीक समाज बाजुराका अध्यक्ष अग्निराज शाही ले भनेः‘मान्छेले बाँच्न पाउँने अधिकार राज्यले सुरक्षीत गरीदिनु पर्छ। स्थलगत मार्गबाट सम्भव देखीदैन चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडी खोल्न सम्भव छैन। कोल्टीमा रहेको एरपोटबाट हवाई मार्फत ढुवानी गरेर चाँडो भन्दा चाँडो खाद्यान्न आपुर्तिमा जोड दिनु पर्ने देखीन्छ।’
खाद्य ब्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले भनेः‘बर्षदका कारण सडक बिग्रेर हामीले ढुवानी गर्न सकेका छैनौं बुढीनन्दा नगरपालिकाको कोल्टी डिपोर र हिमाली गाउँपालिकाको कवडी डिपोमा खाद्यान्न मैजात भएको लामो समय भैसक्यो। स्थलगत रुपमा ढुवानीको तत्काल सम्भावना छैन। त्यसकारण कोल्टी एयरपोटबाट हवाई मार्फत ढुवानी गरे मात्र समस्या समाधान हुँन सक्छ।’
सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भनेः‘ जिल्लाको पबुत्तिर क्षेत्रमा खाद्यान्नको समस्या छ। त्यहाँको खाद्य डिपोमा चामलको मौजात शुन्य छ। त्यसकालागि जिल्ला खाद्य ब्यवस्थापन मितिले दुई पटक माग गरी पठाएको छ। तर आपुर्ति हुँन सकेकै छैन। अब बाटो तिहार अगाडी नबन्ने भएका कारण हवाई जहाज बाट ढुवानीको लागि निर्णय गरी माग गर्ने योजना बनाएका छौं।’
हरेक बर्ष खाद्यान्न समस्या हुँने बाजुराको पुर्बित्तर क्षेत्रमा यस बर्ष कोरोनाका कारण गाउँमा आएको ठुलो जनसंख्या ब्वस्थापन र यस बर्षको उत्पादन घटेका कारण खाद्यन्न अभावले भोकमरीको अवस्था सृजना भएको छ। यसको ब्वस्थापनका लागि हजाई ढवानी गरी समस्या समाधकान तर्फ राज्यले जागरुपता देखाउँन जरुरी छ।

यस बर्ष २० प्रतिशत उत्पादन घट्यो
जिल्लामा असिनाले फलेको गहुँ चुटेर खेतमै झारेको छ। अर्को तिर लगाएको बर्षे तरकारीका बेर्ना समेत क्षेती गरेको छ। हरेक बर्ष भोकमरीको चपेडमा पर्ने यस जिल्लामा यब बर्ष गहुँको उत्पादन बिस प्रतिशतले गिरावट आउँने कुरा जिल्ला कृर्षि ज्ञान केन्द्रदले जनाएको छ।
‘लगातारको पानीका कारण हिउँदे सिजनका तरकारी आलु खेती र पाकी सकेको गहुँ कुहीएको छ। किसानले भित्र्याउँन पाएका छैनन्। यस पटको गहुँको उत्पादन कम्तीमा बिश प्रतिशत उत्पादन घट्ने देखीएको छ।’ कृर्षि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोबिन्द सिजापतीले बताएका छन् ।सिजापतीले थपेः‘ बुधबार र यस अगाडी पटक–पटक परेको असिनापानिले लगाएको अन्नवालीमा क्षति पु¥याएको छ । पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै सखाप पारेको छ ।’
जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ। सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । अर्थात ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन । हरेक बर्ष खाद्यान्न असुरक्षीत जिल्लाको परीचय बनाएको छ। बर्षेनी जिल्ला लाई २८ हजार एक सय पाँच मेक्ट्रीक्टन खाद्यान्न आवश्यक पर्छ। अहिले १५हजार मेक्ट्रीकटन खाद्यान्न अपुग छ। नेपाल खाद्य संस्था, स्थानिय ब्यायरी बिश्व खाद्य कार्यक्रम लगाएले जिल्ला बाहिर बाट ढुवानी गरेर आबश्यकता पुरा हुँने गरेको छ।
डेढ हप्ता देखी बाजुरामा असिना परिरहेको छ, बुधवार त धेरै आएको छ लगाएको सबै अन्नवाली सखाप पारेको बडिमालिका नगरापलिका–८ का किसान हर्क बडुवालले वताएका छन् । अन्नवाली सँगै तरकारीमा पनि क्षति पु¥याएको छ । पाक्ने बेला गहुँनै असिनाले लिएपछि किसानले क्षेती ब्यहोरेका छन्।
‘अनिकालमा बिउँ जोगाउँनु संकटकालमा जिउँ जोगाउँनु भन्ने आहान थियो। यो दुबै एकैसाथ आउँदा थप समस्या भएको एकातिर कोरोन संग बिश्व लडिरहेको छ। अर्को तिर हामीलाइ असिनार पानीले पनि सताएको छ।’ बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।पाध्यायले भनेः‘बाजुराका अधिकांश भागमा पाक्न लागेको गहुँ, जौ लगायतका अन्नबालीमा क्षति पु¥याएको छ।’

बजारमा कालो बजारी
असार पहिलो साताबाट बर्षाका कारण साँफे मार्तडी सडक खण्ड र स्थानिय सडक अबरुद्ध हुदा खाद्यन्न ढुवानीमा समस्या पनि भएको छ ।बजारमा पनि तीन चार महिना पहिले ढुवानी गरेको चामल ग्यास लगाएतको दैनीक उभोग्य सामानको मूल्य आकासीएको छ । बजारमा कालोवजारी पनि बढदै गएको छ । बजारमा १८ सय मूल्यमा पाईने चामलको २५ सय अनि १८ सय पर्ने ग्यासको ३ हजारसम्म पर्नेे गरेको छ । चार पाच महिना पहिले नै ल्याएको सामानको गुणस्तरमा नै प्रश्न उठ्ने कुरा छ त्यसैलाई पनि बाटो बन्दका नाममा ब्यापारीहरुले मनोमानी रुपमा मुल्य लिने गरेका छन् ।

आलु डढुवाले खायो
आलुमा लाग्ने अत्याधिक पानिका कारण लाग्ने डढुवा महाँमारीका कारण बाजुराका कृषक आजित भएका छन्। जिल्लामा बर्षे सिजनमा एकहजार तिन सय पैसठ्ठी हेक्टर क्षत्रफलमा आलु खेती गरीन्छ। जस बाट जिल्लामा १४ हजार तिन सय पचास मेक्टीटन आलु उत्पादन हुँने गरेको थियो तर यस बर्ष यस रोगका कारण दुइ हजार आठ सय ७० मेक्टीटन आलु क्षेती भएको छ।
कृर्षी ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीले भनेः‘यस बर्ष आलुको उत्पादनमा ठुलो गिरावट आएको छ।,जिल्लामा नियमित पानी परेकाले आलुमा डढुवा लागेर पात झरेका छन्। बोटको जरामा आलु हुर्कनै पाएन। जिल्ला भरी २० प्रतिशत उत्पादन गिरावट आउँने छ।’ ज्ञान केन्द्रले अहिले जिल्लाका ठुला फाटहरुमा ढुसी जन्य बिसादी छकीएको छ। दिउसो छर्केको औषधि बेलुका पानीले बगाएका कारण खासै उपलब्धी हात पार्न सकीए ।
बडीमालिका नगरपालिकाको आसपास क्षेत्रमा यस वर्ष हिउँदे सिजनमा करिव ३० हेक्टर क्षेत्रफल जमिनमा आलुखेति गरिएको छ । आलु खेति गरिएका सवै ठाउँमा डढुवा रोगले आलुललाई सखाप पारेको बडीमालिका नगरपालिका कृषि शाखाका कृषि प्राविधिक मानबहादुर रावलले बताएका छन् । उनले भने यस वर्ष अत्याधिक वर्षा भएकै कारण किसानले लगाएका आलुमा डढुवाले खायो ।
डढुवा रोग लागेपछि यसवर्ष किसानलाई आलु जोगाउन धौ–धौ भएको छ भने मेहनत गरेजति आलु उत्पादन नहुने देखेपछि कृषकहरु चिन्तित् भएका छन् ।’ डढुवाका कारण फूल फुल्न नपाउँदै आलु सखाप हुन थालेको किसानहरुको भनाइ छ । डढुवाले आलुको डाँठ समेत सुकेर मरेको किसानले बताएका छन् । डढुवाले आलु सखाप हुन थालेपछि गणखेतका कतिपय किसानले समय नपुग्दै आलु खनेर भित्र्याईसकेको पाइएको छ । उत्पादन भइसकेको आलुे लगातारको वर्षाकै कारण जमिनमुनि माटोभित्रै कुहिन थालेको किसानहरुले बताउका छन् ।

हिमाली गहुँ झरीले बोटमै उम्रीयो
यस बर्ष अघिल्ला बर्षहरु भन्दा बढी पानी परेकाले हिमाली क्षेत्रमा लगाईने गहुँ काट्न नपाउँदा बोटमै उम्रीएको छ। बाजुराका हिमाली क्षेत्रमा लगाईने बड्डी गहुँ, सूजिगहुँ निरन्तरको वर्षाका कारण किसानले लगाएको अन्नवालिमा क्षेति हुँदा यस वर्ष खाद्य संकटको सम्भावना देखिन थालेको हो । लगातारको वर्षाले किसानले लगाएको गहुवालि बोटमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।
असारको दोस्रो साता बाट यहाँको गहुँ काट्न शुरु गरेर साउँन सम्म गहुँ काटेर गरीन्छ । यस बर्ष काटन नपाउँदै पानी परेकाले यो समस्या आएको हो ।कृर्षि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रशार अधिकृत मिनप्रसाद जोशीले दिएको जनकारी अनुसार एक बर्षमा यो गहुँ फल्छ यस बर्ष पानीले गर्दा बोटमै कुहिने र भरेका कारण समस्या आएको हो।
जिल्लाको पुर्बित्तर क्षेत्रको स्वामीकार्तिक खापर गााउँपालिका र हिमाली गाउँपालिकाका किसानले लगाएको गहुँवाली वोटमै सखाप हुन थालेको हो । गाउँपालिकाको उच्च हिमाली भेगका किसानले लगाएको गुहुँवालि वर्षातको समयमा भित्र्याउन नपाउदा वोटमै कुहिन र उम्रिन थालेको किसान कपुर शाहीले गुनासो गरे ।
गहुँवालि भि¥याउने समयमा वर्षात हुँदा वोटमै उम्रिन, कुहिएर झर्न थालेको उनले बताए ।स्वामीकार्तिक खापर गाँउपालिकाको खुन्का, डाँडि विसौन, जेबाल्या, लोथि, जोरु, फुग्लु, दुधेखाडा, निफेरा, साप्पाटाको काठ कोईराला लगायतका ठाँउमा पाकेको गहुँवालि खेतमै कुहिन थालेको स्थानियको भनाइ छ ।
त्यस्तै, हिमाली गाउँपालिका– २ कोटी गाँउ, विच्छ्या, गुम्वा लगायतका ठाउँमा पाकेको गहुँवालि वर्षाका कारण खेतमा कुहिन थालेको छ। हिमाली गाउँपालिका वडान २ का अध्यक्ष धनरूप बुढाले दुखेसो गरे । गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा किसानले वर्षमा एक पटक गहुँवालि लगाउँछन् । गत भदौमा छरिएको गहुँवाली यहि साउनमा भित्रयाउने गर्छन ।
निरन्तरको वर्षाले गहुँवालि भि¥याउँन समस्या हुँदा एक वर्षको मिहेनत र लगानी वर्षातले वगाईदिएको किसानको गुनासो छ । खेतमा लगाएको गहुँवालि भित्र्याउने समय भए पनि यस वर्ष वर्षातका कारण गहुँवालि भि¥याउन नपाउँदा भोकमरीको अवस्था आउन सक्ने भन्दै किसान चिन्तित भएका हुन् ।

बालबालिकामा कुपोषण कहर
गरीबीको सूचकाङ्कमा अगाडि रहेको बाजुराका धेरै बालबालिकामा कुपोषण देखिएको छ । कुपोषित बालबालिकालाई संक्रमणको जोखिम बढी हुन्छ । शैक्षिक विकास राम्रो हुँदैन । उमेर अनुसार शारीरिक विकास नहुँदा त्यसको प्रभाव वयस्क अवस्थामा पनि हुने चिकित्सकहरूको भनाइ छ ।
बाजुराका नौ वटै स्थानीय तहमा कुपोषित बालबालिकाको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्याङ्कमा सबैभन्दा बढी स्वामीकार्तिक खापर गाउँपालिकामा १०८ र सबैभन्दा कम गौमुल गाउँपालिकामा तीन बालबालिका कुपोषित भेटिएका थिए । (हे. तालिका–१)
तथ्याङ्कमा भने जिल्लामा कुपोषित बालबालिकाको संख्या घटिरहेको देखाउँछ । आर्थिक वर्ष २०७५र७६ को चैतसम्ममा कुपोषित बालबालिकाको कुल संख्या ५१७ थियो । अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा ९८४ र २०७३र७४ मा १३७८ बालबालिका कुपोषित थिए ।
त्यही ठाउँका ६० भन्दा बढी दलित परिवारका अधिकांश बालबालिका कुपोषित छन् । तर, स्वास्थ्य संस्था नलगिएकै कारण उनीहरू तथ्यांकमा परेका छैनन् । आमा मनकला सनाईका अनुसार फूलचना गम्भीर बिरामी भएपछि मात्र स्वास्थ्य संस्था लगिएको थियो ।
‘खोज्न गए त कुपोषित बालबालिका कति भेटिन्छन् कति, तर स्वास्थ्य संस्थामा उपचार गर्न आएकाको मात्रै तथ्याङ्क राखिन्छ’, बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाह भन्छन् । डोगडी स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतका अनुसार कडा कुपोषित भएका बालबालिकालाई मात्रै बिरामी भएको ठानेर चेकजाँचका लागि लगिन्छ ।
अमकोटकै सेतु नेपालीका चार वर्ष, डेढ वर्ष र तीन महीनाकी गरी तीन सन्तान छन् । ती सबैलाई मध्यम खाले कुपोषण छ । आफैंले उब्जाएको अन्नले तीन महीना पनि गुजारा नचल्ने हुँदा किनेको चामल खाने गरेको सेतु बताउँछिन् ।
सेतु ‘सुनौला हजार दिन’ की आमा हुन् । गर्भवती भएको दिनदेखि बच्चा जन्मेको दुई वर्षसम्मको अवधिलाई सुनौला हजार दिन मानिने २०७० सालमा बनेको कार्यविधिमा उल्लेख छ । यो अवधिमा आमा र बच्चा दुवैले पर्याप्त मात्रामा सन्तुलित र पौष्टिक आहार खानुपर्छ । तर, सेतु आफूलाई कसैले जाउलो पकाउने तरिका समेत नसिकाएको बताउँछिन् ।
६० परिवार रहेको अमकोटमा ७० प्रतिशतभन्दा बढी बालबालिकालाई कुपोषण भएको स्थानीय तारा नेपालीको अनुमान छ । ६० परिवारमध्ये केहीको ६ महीना र धेरैको त्योभन्दा कम मात्र खान पुग्ने अन्न उब्जन्छ । छाक टार्नै धौ–धौ हुने ठाउँमा पोषणयुक्त खानाको व्यवस्था गर्न नसकिने नेपाली बताउँछिन् । पोषिलो खाना खानुपर्छ भन्ने चेतना समेत नरहेको उनको भनाइ छ ।
७.५ प्रतिशत भूमिहीन रहेको बाजुरामा ३८.७ प्रतिशतलाई तीन महीना, २७.४ प्रतिशतलाई ६ महीना, ७.६ प्रतिशतलाई नौ महीना र ४.४ प्रतिशतलाई मात्र बाह्रै महीना खान पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मदिरा उत्पादनका कारण पनि जिल्लामा खाद्यसङ्कट बढेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी उद्धव भाट खानका लागि खाद्यान्नको जोहो नै नगरी मदिरा बनाइने गरेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाजुराले २०७५ कात्तिकदेखि २०७६ वैशाखसम्म १२ हजार लिटर घरेलु मदिरा जफत गरेको थियो ।
उद्योग वाणिज्य संघ बाजुराका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार जिल्लामा महीनामा डेढदेखि दुई करोड रुपैयाँ बराबरको मदिरा बिक्री हुन्छ । जोशी भन्छन्, ‘गरीब बनाउने मुख्य कारणहरूमध्ये मदिरा पनि हो ।’ पुरुषहरू घरका लागि तरकारी, दूध किन्नुभन्दा मदिरा पिउन तयार हुने मार्तडीका स्थानीय लक्ष्मण जोशी बताउँछन् ।

भोकमरी मुख्यकारण
सन्तुलित आहार लामो समयसम्म नपाउँदा शरीरमा देखिने प्रभाव नै कुपोषण हो । मानिसको शरीरलाई चाहिने प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो, खनिज र भिटामिन लगायत तत्वको कमीले कुपोषण हुने चिकित्सक बताउँछन् ।
जन्मेदेखि चार वर्षसम्मका बालबालिकालाई १३२० क्यालोरीयुक्त खाना चाहिन्छ । तर, त्यस्तो खाना नपाउँदा अल्पपोषण र त्योभन्दा बढी क्यालोरीको खाना खाँदा अधिकपोषण भई कुपोषण हुन्छ । वयस्कभन्दा बालबालिकालाई कुपोषणको जोखिम बढी हुन्छ ।
अल्पविकसित मुलुकका बालबालिकालाई अल्पपोषण हुन्छ । शरीरमा हाडछाला मात्रै हुनु, उँचाइ र तौल नबढ्नु, आँखा धसिनु यसका लक्षण हुन् । यसले बालबालिकाको शारीरिक, मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ ।
युनिसेफ नेपालका अनुसार बालबालिकाको पोषणमा गरिने लगानीले उनीहरूको मात्र नभएर परिवार र समाजलाई नै दीर्घकालीन प्रतिफल दिन्छ । तर, नेपालका ६ देखि २३ महीना उमेरका ४७ प्रतिशत बालबालिकाले मात्रै सन्तुलित भोजन पाएको र तीमध्ये ३६ प्रतिशतले न्यूनतम स्वीकार्य पोषण पाएको युनिसेफको तथ्यांक छ ।


जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्यांक अनुसार नेपालका पाँच वर्षमुनिका एक तिहाइभन्दा बढी बालबालिकामा उमेर अनुसार उँचाइ बढेको छैन । गरीब परिवारका ४९ प्रतिशत र अशिक्षित आमाबाट जन्मिएका ४६ प्रतिशत बालबालिकामा पुड्कोपन बढी देखिएको छ ।
युनिसेफ र जनसांख्यिक सर्वेक्षणले गरीबीलाई कुपोषणको मुख्य कारण ठह¥याएका छन् । पर्याप्त खाना खान नपाउने अवस्थाले नै कुपोषण निम्त्याउँछ । लैङ्गिक विभेद, सरसफाइको कमी, जनचेतनाको अभाव कुपोषणका सहायक कारण हुन् ।
नेपाल मानव विकास प्रतिवेदन २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार बाजुराको कुल जनसंख्यामध्ये ६४.१ प्रतिशत गरीबीको रेखामुनि छ । तत्कालीन सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत गरीब घरपरिवार पहिचान कार्यालयको प्रतिवेदन–२०७२ मा बाजुरामा ७१.१ प्रतिशत गरीबी रहेको उल्लेख छ ।
जिल्लामा कुल जनसंख्याको ३५ प्रतिशत अति गरीब, २२ प्रतिशत मध्यम गरीब र १४ प्रतिशत सामान्य गरीब रहेको गरीब घर पहिचान कार्यालय काठमाडौंका तत्कालीन निर्देशक रामहरि गैरे बताउँछन् । जिल्लाका गाउँपालिका र नगरपालिकामध्ये सबैभन्दा बढी गरीबी स्वामीकार्तिक गाउँपालिकामा भएको अध्ययनले देखाएको छ ।
बाजुरा मात्र होइन, सिङ्गो सुदूरपश्चिम प्रदेश नै गरीबीको चपेटामा छ । २०५८ सालको सर्वेक्षणमा सुदूरपश्चिममा गरीबी ४४.६ प्रतिशत रहेकोमा २०६८ सालमा बढेर ४७.१ प्रतिशत पुगेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ ।
जिल्ला स्वास्थ्य कार्यालयको सर्वेक्षण अनुसार ६० प्रतिशत बालबालिका जीवनजल र जिङ्क चक्की खान पाउँदैनन् । यस्तै, मासु, अण्डा लगायत प्रोटिनयुक्त आहार १० प्रतिशतभन्दा कमले मात्र खाने गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक लोकेन्द्र न्यौपाने बताउँछन् ।बाजुरा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार रोकाया पनि जिल्लाका धेरै बालबालिका कुपोषित हुनुमा गरीबी नै मुख्य कारण रहेको बताउँछन् ।

बालिका बढी प्रभावित
स्वामीकार्तिक खापर गाउँपालिका–२ की काली विकले छोरो जन्मँदा राम्रो स्याहार गरेकी थिइन् । छोरी जन्मँदा भने घरपरिवारले हेरचाह नगरेको र उल्टो अपहेलना गरेको उनको अनुभव छ । पोषिलो खाना र स्याहार नपाएपछि छोरीलाई कुपोषण भएको उनी बताउँछिन् ।
महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाह भन्छिन्, ‘जन्मेकै दिनबाट परिवारले वास्ता नगर्ने कारण छोरीहरू कुपोषित हुन्छन् ।’ छोरालाई आमाले लामो समयसम्म दूध चुसाउने तर, छोरीलाई चाँडै दूध छुटाउने गरेको पाइएको पनि उनी बताउँछिन् ।
डोगडी स्वास्थ्य चौकीका इन्चार्ज रावत आफ्नो कार्यक्षेत्रका ९० प्रतिशत बालिका कुपोषित भेटिएको बताउँछन् । तर, बालकमा यो समस्या कम रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयको २०७४ सालको तथ्याङ्कमा पनि बालिका बढी कुपोषित भएको उल्लेख छ । कडा कुपोषण भएका ६४० जनामध्ये ४०१ बालिका छन् । त्यस्तै, मध्यम कुपोषित १३५३ मध्ये ७४२ बालिका छन् ।
बालविवाह पनि कुपोषणको कारण हो । अठार वर्षभन्दा कममै विवाह भएका किशोरीबाट जन्मेका बालबालिकामा कुपोषणको जोखिम बढी हुन्छ । शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुँदा गर्भावस्थाको हेरचाह र स्याहार गर्नुपर्छ भन्ने चेतना नहुँदा गर्भबाटै शिशु कुपोषित हुन थाल्छ । लैङ्गिक विभेदका कारण त्यस्ता किशोरी पहिले नै कुपोषित भएर हुर्केका हुन्छन् । उनीहरूले जन्माउने बच्चालाई पनि कुपोषितको संभावना बढी हुन्छ ।


नेपालीको औसत आयु ६९.२ वर्ष छ । तर, बाजुरेलीको औसत आयु भने ५९.५ वर्ष मात्र छ । गरीबीकै कारण अधिकांश बाजुरेलीको आयु कम हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.रूपचन्द्र विश्वकर्मा बताउँछन् ।
गरीबी निवारणका लागि सरकारले गर्ने विभिन्न कार्यक्रम लक्षित वर्गसम्म पुग्नै सकेको छैन । गरीबी निवारण कोषले सुदूरपश्चिममा मात्र रु.४० करोड भन्दा बढी लगानी गरेको छ । आयमूलक काम गर्न घुम्ती कोष मार्फत गरीब परिवारलाई ऋण पनि दिन्छ । तर, ऋणबापत दिइएको रकमको सदुपयोग नभएको मार्तडीका स्थानीय शेरबहादुर शाही बताउँछन् ।
कुपोषण कम गर्न सन् २०११ मा स्थानीय तहको समन्वयमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । कार्यक्रममा सन् २०२५ सम्ममा नेपालमा कुपोषणको दर शून्यमा झर्ने उद्देश्य लिएको छ । तर, परम्परागत खेती, उब्जाउ जग्गा नहुनु, जनचेतनाको कमी जस्ता कारण उद्देश्य भेट्न मुश्किल छ ।

बाढीले सृजना गरेको कहर
बाजुरा जिल्लामा साउँन एक गते बाट आज सम्म जिल्ला भरीका बर्षाद संगै गएको बाढी पहिरोले चार सय ५४ जना बिस्थापित भएका छन्। एक जनाको मृत्यू एक जनाको उपचार पछि घर फर्केका र एक जना बेपत्ता रहेका छन्। ६१ घर पुर्ण रुपमा क्षेती, २३ घर आम्सीक क्षेती र ६० घरधुरी बिस्थापीत भएको कुरा बिपद ब्यवस्थापन समन्वय समितिको प्रतिबेदनमा उल्लेख गरीएको छ।असारको अन्तिम सम्म छ सय दुई जना बिस्थापीत भएको तथ्याङ्कमा उल्लेख गरीएको छ।
बुढीगंगा नदिले मुहान देखी अछाम सम्म ठुलो क्षेती गरेका कारण बुढीगंगा करीडोर परियोजना संचालन गरेर त्यहाँका बिस्थापीतको दिर्घकालीन योजना बनाएर पिडितहरुलाई जिबिकोपार्जन र सुरक्षाको प्रत्याभुती दिन सरकारले तयारी गर्नुपर्ने कुरा गैर सरकारी महाँसंघका केन्द्रीय सदस्य काँशी बिकले बताएका छन्।
गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा साउँन २६ गते राती आएको बर्षादका कारण ठुलो क्षेती गरेको छ। चौपायार घरपालुवा जनावर बगाएको छ भने नौ सय ८१ रोपनी खेती योग्य जमिन बगाएर बगर बनाएको छ। एक पक्की पुल एक बेलीब्रिज र पाँच झुलुङ्गे पुल बगाएको हो।
बुढी नन्दा नगरपालिकाको घोडाकोट, त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालिकामा समेत क्षेती गरेको छ। धेरैको उठ्बास लगाएको छ। बिभिन्न ठाउँबाट सहयोग जुटाई रहेको अवस्था देखीन्छ।
हिमाली गाउँपालिकामा बस्ती माथिबाट पहिरो झर्न थाले पछि स्थानिय विस्थापित भएका छन । जिल्लाको पूर्वीत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको वडा नं ५ क्युडी गाउँ माथिबाट पहिरो झर्न थाले पछि ९६ परिवार विस्थापित भएका हुन ।
गत एक साता देखि लगातार परिरहेको वर्षाका कारण बस्ती माथिबाट पहिरो झर्दा ७ वटा घर क्षति ग्रस्त भएका छन भने गाउँ नै उच्च जोखिममा परे पछि स्थानिय अहिले विभिन्न स्थानमा पाल हालेर बसीरहेको हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले बताएका छन् । गाउँमाथिबाट पहिलो झर्न थाले पछि अहिले गाउँले स्थानिय मन्दीर क्षेत्र देखि विभिन्न स्थानमा त्रिपाल टासेर बसी रहेका उहाँले बताएका हुन् ।
पहिरोले स्थानियको झण्डै १ हजार पाथी रोपनी जग्गामा समेत क्षति पु¥याएको छ । आज मात्र गाउँपालिकाका अध्यक्ष सहित प्रहरी टोलि त्यस तर्फ गई तत्काल राहत स्वरुप पाल वितरण कार्य गरिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक शाहीले बताएका छन् ।
गाउँपालिकाले राहत स्वरुप त्रिपाल र खाद्यको जोहो गरे पनि स्थानिय भने निकै सास्ती खेपीरहेका पिडीतहरुले गुनासो गरेका छन । भौगोलिक रुपमा जिल्लाकै ठुलो हिमाली गाउँपालिकाका विभिन्न वस्तीहरु निकै विकट स्थानमा रहेकाले प्राकृतिक प्रकोपमा तत्काल राहतका लागि पनि अप्ठेरो हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार