मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • सेती अस्पतालले तोक्यो कोरोना परीक्षणको शुल्क, कस्ले तिर्नुपर्छ ?

सेती अस्पतालले तोक्यो कोरोना परीक्षणको शुल्क, कस्ले तिर्नुपर्छ ?

  • बुधबार, भदौ १७, २०७७
सेती अस्पतालले तोक्यो कोरोना परीक्षणको शुल्क, कस्ले तिर्नुपर्छ ?

धनगढी– सेती प्रादेशीक अस्पतालले स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरिएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार स्वइच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा दुई हजार पाँच सय शुल्क तिर्नुपर्ने छ।

संघीय सरकारले चार हजार चार सय रुपैँया लिन सक्ने बताए पनि सेती अस्पतालले दुई हजार पाँच सय रुपैँया शुल्क तोकेको उनले बताए।

उनका अनुसार कोरोना भाईरसको लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति, परिवारका सदस्यसंगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निशुल्क कोरोना परीक्षण हुनेछ।

चर्चामा

सम्बन्धित समाचार