• होमपेज
  • सुचना प्रबिधी
  • सोमबारको मौसम पूर्वानुमान

सोमबारको मौसम पूर्वानुमान

  • सोमवार, भदौ १५, २०७७
सोमबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको छ ।

सोमबार जारी मौसम पूर्वानुमानमा हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ।अन्य भूभागमा आंशिक बदली रहेको जनाइएको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुर्इ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार