बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साइनो वाङमय प्रतिष्ठानको समिक्षा बैठक सम्पन्न

साइनो वाङमय प्रतिष्ठानको समिक्षा बैठक सम्पन्न

  • शनिबार, भदौ १३, २०७७
साइनो वाङमय प्रतिष्ठानको समिक्षा बैठक सम्पन्न

साइनो प्रणोता साहित्यकार छायादत्त न्यौपाने बगरको अध्यक्षतामा बसेको समिक्षा बैठकमा साइनो अभियन्ता कविहरू केशब ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री,सीता सुवेदी पन्थी, सुरेश काफ्ले, सुरेन्द्र शाही , शान्ता पौडेल लगायत धेरैजनाको उपस्थिति रह्यो विभिन्न स्थानबाट सहभागी स्रस्टाहरुले भर्चुअल बैठकमा साइनोको वार्षिकोत्सव भव्यरुपले सम्पन्न भएको र एकबर्ष मै हजारौं साथिहरूसंग जोडिन र चार चारवटा पुस्तक प्रकाशन गर्ने सक्यौ भन्दै खुसी व्यक्त गर्नु भएको थियो। छविलाल खड्का, शोभाकान्त रिजाल, शेखर अर्याल, किशोर खनाल लगायतका स्रष्टाहरूले वार्षिकोत्सवमा साइनो मानक अक्षर संरचनाका विषयमा थप स्पष्ट हुनु पर्ने आवश्यकता औँल्याउनु भयो भयो सन्तोष काफ्लेले प्रचलनमा आएका अन्य उपविधाहरूसंग तुलनात्मक अध्ययनबाट साइनो लाई यसरी चिनाउन सकिन्छ कि भन्ने महत्वपूर्ण सुझाव राख्नु भयो यस्तै शुरेश काफ्ले, शान्तिदिप, हरिप्रसाद चौलागाईं, चन्द्रावती अधिकारीले पनि यसको वाचन बारे जिज्ञासा राख्नु भयो लक्ष्मीनारायण श्रेष्ठले लोकलयमा साइनो लादा विभिन्न समस्या आउँने तर्क गर्नुभयो अभियन्ता बालकुमार क्षेत्रीले धेरै स्रष्टाहरूको प्रिय साइनो संरचना परिपक्क बन्दै गएको भन्दै यसलाई सकेसम्म सरलतामा परिष्कृत बनाउदै लानुपर्ने कुरा औल्याउनु भयो । खेमलाल पोखरेलले विचार विमर्शबाटै परिपक्व हुदै जान सकिन्छ भन्दै हामि पचहत्तर प्रतिशत ठिक ठाउँमा छौ गतिशिल छौ भन्नुभयो।
त्यसैगरी कवि केशव ज्ञावली आगतले साइनोले एकवर्षमा चार चारवटा पुस्तकहरु त्यसमा पनि सैद्धान्तिक सामाग्री समेत प्रकाशन गर्न सक्नु र महत्वपूर्ण उपलब्धि भएको तर्क राख्नुभयो उहाँले साइनो को संरचना शव्द गुच्छा वा त्रिपदिप संरचनाको अर्थगत अन्तरसम्बन्ध बारेमा साथिहरूको जिज्ञासा प्रस्टायाउनु भयो अभियान्ता सीता सुवेदी पन्थीको संन्चालनमा भएको बैठकमा भब्य रुपमा उपस्थित हुन भ्याउनु भएका साहित्यकार माहानन्द ढकालले छोटो समयमा पनि तीव्र गतिमा अघि बढेको छ भन्दै यसमा बाँके कोहलपुरले विशेष पहल गर्दै आएको छ र छिट्टै अर्को साइनो संङग्रह प्रकाशनमा आउन लागेको जानकारी दिनुभयो ।
बैठकको अन्त्यमा अध्यक्षता रहनुभएका साइनो सिर्जना प्रारम्भ कर्ता छायादत्त न्यौपाने बगरले युवा कवि मोतीराम भट्ट र कविवर माधब प्रसाद घिमिरे श्रद्धापूर्वक स्मरण गर्दै गत साउन १६ गते सम्पन्न साइनो वाङमय प्रतिष्ठानको प्रथम वार्षिक उत्सव सभामा विचार राख्नु हुने विद्वान बक्ताहरूमा प्रमुख अतिथि लगायत उपस्थित सबैलाई धन्यवाद दिदै साथिहरूले राख्नु भएका बारे स्पष्ट हुन आग्रह गर्नुभयो
उहाँले भन्नुभयो भयो हामि छोटो समयमा धेरै साथिहरु जोडिएर साइनोको उन्नयनमा लाग्न सकेका छौ एक वर्षमा जे जति हुन सकेको छ यसबाट हामि सबै उत्साहित छौ वार्षिक उत्सवको अवसरमा उठेका प्रश्नहरूमा साथिहरूको जिज्ञासा आउनु पौष्टिक युराक हो भन्ने ठान्दा सैद्धान्तिक बहस गरी संरचनागत मानक त्रियदिय अर्थगत विषयमा थप छलफल बहसबाट परिपक्व हुदै जानुपर्ने आवश्यकता छ यो केही समय रहिरहने विषय पनि हो हामिले प्रयोग गर्दै र भन्दै आएको सात ,आठ र नौ अक्षर संरचनामा केही भाषा जटिलता छ भन्ने विद्वानहरूसंगै बसि आन्तरिक छलफल गर्ने छौ यसबाट निष्कर्षमा पुग्न सजिलो हुने छ तथापि हामि जुन मूल्य मान्यतामा अडिएर अगाडि बढिरहेका छौँ यसमा नेपाली भाषाको लेख्य रूप जुन सर्वत्र प्रचलनमा छ यो नेपाली भाषाको चलनचल्तीमा रहेको ब्यवहार योगि संरचना हो साइनो लेख्न पनि नेपाली भाषाको लेख्य मान्यतालाई पछ्याएर हुदै आएको छ भविष्यमा बृहत् विमर्श बाट ठुलै परिवर्तन हुँदासम्म नेपाली भाषाको लेख्य अनुरुप नै साइनो सिर्जना हुदै जाने हो, हामिले भन्दै र लेख्दै आएको अक्षर संरचना नेपाली भाषाको लेख्य रुप मान्यता अनुकुल भएकाले हामि विधिविधा माथि ढुक्क हुन आग्रह गर्दछु
कार्यक्रमको अन्त्यमा कार्यक्रम समापन गर्दै साइनो प्रणेता छायादत्त न्यौपाने बगरले साइनोलाई आफ्नै मनमुटुको ढुकढुकी मानेर पछ्याइरहनु हुने सम्पुर्ण स्रष्टाहरु सल्लाह सुझाव दिनुहुने शुभ चिन्तक सबैलाई हार्दिक धन्यवाद दिनुभयो।

चर्चामा

सम्बन्धित समाचार