शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • एक वर्षमै नौवटा पक्की पुल निर्माण

एक वर्षमै नौवटा पक्की पुल निर्माण

  • मङ्लबार, भदौ ९, २०७७
एक वर्षमै नौवटा पक्की पुल निर्माण
फाइल तस्बीर

स्याङ्जामा एक वर्षमा नौवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् । कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले निरन्तरता पाएका थिए ।

स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दी खोलामा निर्माण सुरु गरिएको पक्की पुल सबैभन्दा छिटो छ महिनामै बनेको छ । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा अर्जुन काफ्लेले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार