शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

  • सोमवार, भदौ ८, २०७७
दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ ।

यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि छन् जहाँ पुलिससँग हतियार हुँदैन ।

शान्ति सुरक्षमा खटिने अधिकांश पुलिसहरु निहत्था भएता पनि ती देशहरुको शान्ति सुरक्षाको अवस्था निकै उदाहरणीय रहँदै आएको छ । अधिकांश पुलिससँग हतियार नहुने दुनियाँका केही देश यी हुन् :

१. आइसल्याण्ड : करिब ३ लाख जनसंख्या भएको युरोपेली मुलुक आइसल्याण्डको एउटा अनौठो विशेषता यो छ कि यहाँका करिब एक तिहाइँ जनतासँग हतियार हुन्छ । एकातर्फ नागरिकहरु हतियारधारी हुन्छन् भने अर्कोतर्फ अधिकांस समय पुलिसहरु विना हातहतियार सुरक्षा कार्यमा खटिएका हुन्छन् । आइसल्याण्डमा अपराधको दर निकै कम छ । नागरिकहरुसँग भएको हतियार पनि केवल जनावरको वैध सिकारका लागि मात्र प्रयोग हुन्छ ।

२. आयरल्याण्ड : अर्को युरोपेली मुलुक आयरल्याण्डका केवल २५-३० प्रतिशत पुलिस अधिकारीहरुले मात्र बन्दुक बोक्दछन् । ७५ प्रतिशत पुलिसले त बन्दुक चलाउने तालिम नै लिएका हुँदैनन् । त्यसैले उनीहरुले बन्दुक बोक्ने कुरै भएन ।

३. न्युजिल्याण्ड : दुनियाँको सम्वृद्ध तथा शान्त मुलुकमध्येको एक न्युजिल्याण्डमा पनि केवल एक दर्जन पुलिस अधिकारीहरुसँग मात्र ह्याण्डगन हुन्छ । अरु पुलिसहरुले निजी हतियार राख्दैनन् ।

४. नर्वे : विश्वको सबैभन्दा सुखी मुलुक मध्येको एक नर्वेमा पनि पुलिसले खासै हतियार बोक्दैनन् । अपराधीलाई तर्साउनका लागि पुलिसले हतियार बोक्दा जनतालाई उल्टै नकारात्मक त्रास पैदा हुने मान्यता छ त्यहाँ । सन् २०११ मा नर्वेमा एकजना हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ७७ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यतिबेला पनि पुलिसले ढिलोमात्र एक्सन लिएको भन्दै आलोचना भएको थियो ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार