बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा उपचाररत हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुरमा उपचाररत हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

  • आइतवार, भदौ ७, २०७७
भरतपुरमा उपचाररत हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको हो।

ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो। तर रिपोर्ट नआउँदै मृत्यु भएको हो।

कलेजो सम्बन्धी उपचारका लागि ती महिलालाई साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो। यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि शनिबार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार