शुक्रबार, बैशाख १४, २०८१

रिमाको तिज!

  • शनिबार, भदौ ६, २०७७
रिमाको तिज!
              सुरेशकुमार पान्डे

तेरो आँसुको बलेनी हेर्न किनेर ल्याईकी होईन मैले!सम्झिस!रुन बन्द गर अनि काम धन्दामा जा।ठुलो ज्यु गरेकी मोटी महिँलाले चर्को स्वरमा रिमा लाई कराउँदै थी।उस्को अगाडी उगाल दान थियो मुखमा पान चबाउँदै बारमबार त्यो उगालदानमा थुक्दै रिमालाई गालि गर्दै गर्थी क्रू एउटी राक्षेशनी जस्तै महिला थी।त्यो महिलाको नाम मा एउटा धब्बानै थी।
केहि बर्ष देखि माईती देख्न नपाएकी रीमा आज तिजको मौकामा घर सम्झेर होला आँखाभरी आसुँ बगि रहेको थियो।आजैको यो मनुश दिन ता थियो जस्ले रिमको जिन्दगी बर्वाद गय्रो।
केहि बर्ष पहिले उस्लाई प्रेम रोग लागेर एउटा ठग ब्याक्ति सँग बिहे गर्न घरबाट भागेकी रिमालाई आफ्नो यस्तो अबस्था होला भनेर कहिलेई कल्पना पनि गरेकी थिएन।आमा बा ले आफ्नो छोरीलाई राम्रो केटो खोज्दै थिए तर उ त्यो ठगेको चक्रब्युमा फसेकि थिई।केही मैना देखी लुकि लुकी प्रेम गर्थे। उस्लाई त्यो ठगेले बिहे गर्छु भनेर लाहुर ल्याए पछि कसैको क्वाटरमा केहि दिन राख्यो अनि आफु फरहार भयको थियो।त्यँहा भएको मान्छेले अरु कुनै दलालको हवाला गरायो अहिले कता-कता बाट यो दिलसात भन्ने महिँलाको हवाला गराएका थिए।पहिले रिमालाई दिल्लिको ब्यस्यालय जिबी रोडमा ल्याए पछि उस्लाई मेरठको कबाडी बजार स्थित ब्यस्यालयमा राखे।उस्का माल्किनहरु बद्लिँदै गए।वास्तबमा उ कति ठाउँ बिकि आफैलाई थाहा थिएन।अहिले यो दिलसात भन्नेले पचास हजार मा किनेर आफुले ल्याएको अहिले सम्म ब्याजपनि न उठेको भन्दै कराउँदै थिई।
रिमाको घरपरीवार राम्रो थियो कहिले उस्लाई आफ्नो आमा बा ले अलि चर्को पनि बोलेका थिएनन।उ पढेलेखेकी त थिई तर उस्को बुद्धि बिवेकले काम गर्न नस्कदा आज यो दुरगतीमा आई पुगी।रीमा भारत पसेपछि उस्लाई यँहाको बोली आउँदैनथ्यो। ठगेले उस्लाई आफ्नो मायाँको जालमा फसाएर झुठा प्रलोभन र मिठा सपनाहरु देखाएर भगाएको थियो बिहे पनि उतै गरौ्ला भन्दै ल्यायो केहि दिन आफुले कुनै आफ्नो मान्छे भनेर त्यो सँग कोठाको चावी ल्याएको थियो त्यँहि केहि दिन बसे अनि आफु काम को तलासमा जान्छु भनेर गयको त्यो फर्केर आएन।आखिरमा यो उस्ले आफ्नो मान्छे भन्नेले उस्को नजिकै का आफन्ति भनेर जुनघरमा पुरायो त्यो ब्यस्यालय थियो।रिमा लाई थाहानै नभएर उ कयौँपटक बिक्रि भैसकेकी रैछ।
उता घरमा रिमा मरी सेकि होली भनेर माँयानै मारी सकेका ता थिए।आमा बाले काँ भुल्न सक्थे,छोरीलाई मेला मेसामा त झनै सम्झेर उँनिहरुका पनि आँसु छल्किन्थे रुन्थे चिच्चाउँथे तर आवाज कस्ले सुन्ने।रिमाको बा र आमालाई यो तिज वा अरु कुनै पर्व पनि न आए हुँन्थ्यो भन्थे।आजैको दिन ता थियो रिमालाई आमाले नजा भन्दा भन्दै छिट्टै फर्किन्छु भनेर त्यो पिङ डाडामा जान्छु भनेर गयकी तर कहिले फर्किन।उन्लाई रिमा कता गई के ले खायो भनेर कत्ति जानकारी भैन।जता कतै खोजे रन बन उ कहाँ भेट्टिन्थी।पुलिसमा पनि रिपोर्ट लेखाए आखिर कतै भयको भयपो भेट्थे उ ता सिमा परीको एउटा ब्यस्यालयको कोठरीमा रुँदै बसेकी थिई।कयौँ पल्ट भाग्न खोजी तर सकिन कयौँ पल्ट मर्न खोजी तर मर्नपनि दिएनन।किनकी उ त एउटा बस्तु बनेकी थिई बिक्रिका लागी।साहुनीको त्यो पैसा कमाउँने साधन बनाईएकी रिमालाई कस्ले मर्न दिन्थ्यो?उस्लाई ता दिन रात ज्युँदो रहरे मर्नु थियो।त्यो माँयाको चिनो बनेर उस्लाई छिया छिया पारेको थियो।बाबा !उस्ले रुँदा रुँदै भन्छे।मलाई यो नर्क बाट निकाल्नुस बाबा।उ झनै भाबुक हुँन्छे आँखा बाट बलिन्द्राधारा आँसु लगातार बग्छन।तर उस्को पुकार कस्ले सुन्थ्यो।रिमा !जोड सँग दिलसादले कराई्उँछे!रुन बन्द गर मनुश भन्दै उ झन जर्किन्छे।रिमालाई कुनै असर हुँदैन उस्लाई आफ्नो यो सरीर सँग कुनै मायाँ छैन।मात्र एक पटक यो नर्क बाट निस्केर आफ्नो बा आमाँ सँग हात जोडेर माफि मागेर उनैको काखमा मर्ने सपना देखेकिछ।खै त्यो तिज फेरी कहिले आउँछ रिमाको जस्मा उ त्यो पिँग डाडामा गएर जोड सँग कराउँन सक्छे ए साथिहो आफ्नो आमा र बाले भनेको कहिले नटारे नत्र ठगे जस्ता राक्षेश तिम्रो पाईला खेदिरहेका हुँन्छन। २२-०८-२०२०,
(कथा र प्रात्र कालपनिक हुँन यसको मानिश वा उस्को नाम सँग मेल खाएमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार