बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • फोटोग्राफी दिवसमा हेर्नुस् इतिहासका १० शक्तिशाली फोटो

फोटोग्राफी दिवसमा हेर्नुस् इतिहासका १० शक्तिशाली फोटो

  • बिहिबार, भदौ ४, २०७७
फोटोग्राफी दिवसमा हेर्नुस् इतिहासका १० शक्तिशाली फोटो

आज फोटोग्राफी दिवस । भनिन्छ, ‘एउटा तस्बिर हजार शब्द बराबर हुन्छ ।’ र, संसारमा केही त्यस्ता दुर्लभ तस्बिर छन्, जसले सिंगो इतिहास वर्णन गर्छन् । यस्ता तस्बिरको महत्त्व युुगयुुगसम्म रहिरहनेछ । एजेन्सीहरुको सहयोगमा हामीले त्यस्ता १० वटा शक्तिशाली फोटो र त्यसको सन्दर्भ प्रस्तुत गरेका छौं ।

१९४२ मा एन्सल एडम्सले यो फोटो खिचेका हुन् । यस फोटोले निकै साधारण ढंगबाट प्रकृतिको सुन्दरता वर्णन गर्छ । 

१९४५ मा खिचिएको यो फोटोमा च्याउजस्तो आकृतिको बादल देखिन्छ । जापानको हिरोशिमामा अमेरिकाले  ‘लिट्टिल ब्वाई’ नामक आणविक बम खसालेलगत्तै त्यस शहरमा विध्वंश मच्चिएको थियो र आकाशमा यस्तो आकृति बन्यो । विश्वको पहिलो आणविक हमलाको यो तस्विर अमेरिकी सेनाको हेलिकोप्टरबाट खिचिएको हो र यसले बर्बादीको कथा बोल्छ । 

१९४५ यस फोटोले दोस्रो विश्वयुद्धको समाप्तिको फरक कथा बोल्छ । यहाँ एक अमेरिकी जलसेनाका सदस्यले नर्सलाई चुम्बन गरिरहेका छन्, युद्धमा ज्यान लिने सैनिक र ज्यान जोगाउने नर्स प्रेममा रहनुका बाबजुद उनीहरुले लगाएको कालो र सेतो वस्त्र आफैंमा विरोधाभासपूर्ण छ ।  अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रयुम्यानले जापानमा विजय हासिल गरेको घोणाा गरेसँगै न्युुर्योकमा खुसीयाली मनाइएको थियो । त्यस दौरान अल्फ्रेड इसेन्स्टाडिटले यो फोटो खिचेका हुन् । ८ मेइ १९४५ मै युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भइसकको थियो, तर धेरै अमेरिकी सैनिकहरु प्यासिफिक क्षेत्रमा लडिरहेका थिए । त्यसैले अमेरिकाले २ सेप्टेम्बर १९४५ मा मात्रै विजय घोषणा ग¥यो । 

चे ग्वेभाराको यो फोटो १९६० मा अल्बर्ट कोर्डाले खिचेका हुन् । यो फोटोले चेलाई  विश्व क्रान्तिको परिचित अनुहार बनाएको छ । फोटोले चेको आँखामा रहेको कठोर प्रतिवद्धतालाई झल्काउन खोजेको छ । चेलाई क्रान्तिको नायक देखाउनेगरी असंख्य टिसर्ट, पोस्टर र प्रदर्शनीहरुमा यो फोटो प्रयोग गरिन्छ । 

यस तस्विरमा देखिएका सैनिक १९ वर्षका हान्स कोनराड सुुम्यान हुन् । उनी पूर्वी जर्मनीका सैनिक हुन्, तर १९६१ मा आफ्नो देशले बर्लिनमा पर्खाल ठड्याउन थालेपछि उनी पश्चिम जर्मनी छिर्नका लागि भागे । यही क्रममा पूर्वी  पिटर लेइबिङले यो तस्विर खिच्न भए । सार्वजनिक भएसँगै यी सैनिक स्वतन्त्र विश्वको निर्दोष संकेतका रुपमा चर्चित बने । उनको यो भागदौडले विभाजनको प्रतिरोधमात्रै होइन, पूर्वी जर्मनीका धेरै सैनिक र प्रहरीको पनि प्रतिनिधित्व गर्छ । उनले मेसिन गन फाल्नै देखिन्छ, जो निसस्त्रीकरणको शक्तिशाली संकेत पनि हो ।

टिभीका समाचारमा बिस्फोटका घटनाले चर्चा पाएकाले भियतनाम युद्धलाई पहिलो ‘टेलिभिजन युद्ध’ पनि भनिन्छ । हजारौं माइल्स पर पनि अमेरिकीहरु यस युद्धबारे जानकार थिए वा कम्तिमा रातीको समाचारमा उनीहरुको कोठाभित्रै यस युद्धका तस्विर आउथ्यें । पुुलिट्जर पुुरस्कार जित्ने यो तस्विर त्यही युद्धको हो । युद्धमा दक्षिण भियतनामलाई अमेरिकाको समर्थनप्राप्त थियो, १ फेब्रुुअरी १९६८ मा दक्षिण भियतनामका राष्ट्रिय प्रहरीका प्रमुखले अहिलेको होचि मिन्ह शहरमा (तत्कालीन समयको साइगन) युवा विद्रोहीमाथि गोली ठोक्दै गर्दाको यो फोटाले युद्धको कठोर यर्थाथमात्रै बाहिर ल्याएन, अमेरिकामा युद्ध विरोधी भावना सिर्जना गर्न पनि महत्वपूर्ण भूमिका खेल्यो ।  अन्तत, अमेरिकी जनता यस युद्धप्रति अति नै नकारात्मक भए, देशभित्र सर्वत्र विरोधपछि अमेरिकी सैनिक भियतनाम छाडेर घर फर्कनुु प¥यो । 

१९६९ मा पहिलोपटक मानव पाइलाले चन्द्रमा टेक्यो । अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङ चन्द्रमामा पाइला राख्ने पहिलो व्यक्ति हुन् । नासाको एपोलो ११ मिसनमार्फत यो संभव भयो । 

यो सांकेतिक तस्विर १९८९ को हो । यो त्यस्तो युुगको संकेत हो, जसलाई महाशक्ती देशहरुको शक्तिले परिभाषित गरेको थियो । यस फोटोमा एक अज्ञात व्यक्ति चीनको टियानान्मेन स्क्वायर अगाडि शक्तिशाली ट्यांकरहरुको बेवास्ता गर्दै उभिएका छन् । १ महिना ३ हप्तासम्म स्वतन्त्रता माग्दै चलेको आन्दोलन दबाउन ठूलो संख्यामा सैनिक परिचालन गरिएको थियो । यस आन्दोलनले चिनियाँ जनजीवन र कम्युनिष्ट पार्टीमा ठूलो प्रभाव पा¥यो ।

१९९० मा खिचिएको यस तस्विरमा एड्सका बिरामी डेभिड किर्बी उनको परिवारका साथमा मृत्युु शैइयामा छन् । यतिबेला एड्स पीडितहरु रोगसँगै सामाजिक तिरस्कारको शिकार थिए । यस फोटोले एड्सप्रतिको गलत बुुझाई अनि एड्स पीडितप्रति गरिने तिरस्कार र अपहेलना कम गर्न केही न केही भूमिका खेलेको छ । 

१९९३ मा केभिन कार्टरले यो फोटो खिचेका हुन् । यसले दक्षिण सुडानको गरिबी बोल्छ । जहाँ एक बालिका (सुरुमा बालिका ठानिएको थियो) भोकले हिंड्न नसक्ने अवस्था छिन्, बालिका मर्छिन् र आहारा पाइएला भन्ने प्रतिक्षामा गिद्ध बसेको छ । यी बालिका साथमा संयुक्त राष्ट्रसंघको शिविरसम्म पुुग्ने प्रयासमा थिइन् । न्युुर्योक टाइम्समा फोटो प्रकाशित भएपछि केभिनले पुुलिट्जर पुरस्कार जितेका थिए । यसपछि पश्चिमा जगत्मा दक्षिण सुडानको गरिबीलाई लिएर सचेतना पनि बढ्यो । यस फोटो अर्को कारणले पनि चर्चित छ । फोटो छापिएपछि यी बालिकाको अवस्थाबारे धेरैले सोधपुछ गरे । तर कार्टर राम्रो फोटो खिच्ने ध्याउन्नमा मात्रै केन्द्रीत थिए, उनले फोटो खिचिसकेपछि गिद्धको पिछा पनि गरेका थिए ।

बालिकाबारे सोधपुछ गर्नेलाई उनको जवाफ थियो – ‘हामीले गिद्धको पिछा गरेर उसलाई धपाईदिएकाले बालिकालाई यात्रामा कठिनाई भएन ।’ तर बालिका शिविरसम्म पुगिन् वा पुगिनन् भन्ने विषय उनलाई थाहा थिएन । आफ्नो स्वार्थका लागि फोटो खिचेको, तर बच्चालाई सहयोग गर्ने कुनै प्रयास नगरेको भन्दै कार्टरको निरन्तर आलोचना हुन थाल्यो । डिप्रेसनमा गएका कार्टरले १९९४ मा आत्महत्या गरे । २०११ मा फोटोमा देखिएको पात्रबारे उनका बाबुले पहिलोपटक मिडियामा स्पष्टीकरण दिए । उनका अनुसार खासमा बालिका नभएर ती पात्र बालक थिए । अनि, उनको हेरचाह संयुक्त राष्ट्रसंघले गरेको थियो । यी बालकको नाम कोङ नाइओङ हो, तर मिडियामा बाबु सार्वजनिक हुनभन्दा ४ वर्ष पहिले अर्थात् २००७ मै ज्वरोका कारण यी बालकको मृत्यु भइसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार