शुक्रबार, बैशाख ७, २०८१

मुर्ख लघुकथा

  • बिहिबार, भदौ ४, २०७७
मुर्ख लघुकथा

सुरेशकुमार पान्डे।
उस्ले घरलाई एउटा कलब जस्तै बनाएको थियो।एकातिर धनको मात आर्को तिर प्रशासनको प्रमुख पनि आफै थियो। प्रसस्तै जमिन भयको सिकन्दर लाई कत्ति डर थिएन रौब सँग बस्थ्यो।त्यो सहरमा उस्को बडो सम्मान हुन्थ्यो। तास को बाजि अनि मदिराको मात बिस्तारै चड्दै थियो।
रातिको लग भग बाह्र बज्यो उस्कि स्वास्नी पनि लोग्नेको दिनौ दिनको यो बानि ब्याहोराले गर्दा दुखि भयकि थिई।काम का लागि त घरमा प्रस्तै नोकर चाकर थिए।कोई मालि थिए कोई भान्शे,त कोई धोबी कोई घाँसी।प्रसाशनको प्रमुक अनि जमिदार,त्यो सहरमा ठुलो मान्छे मध्यको सिकन्दरनै हो।
त्यो बेला भारतको प्रतेक सहरमा चुङ्गि महरुम थिये।त्यसैमा कार्यारत एउटा ग्रेज्युसन तक पढाई गरेको नेपाली युवा रामुले अस्थाई रुपमा काम गर्थे।ओफिसरले त्यो बेला अस्थाई कर्मिलाई खास गरेर नेपाली, बिहारी वा गडवालीहरु लाई देखे भने घरको काममा लगाउँने प्रयास गर्थे,आखिर उनैको चल्थ्यो।अब घरमा काम गर्दैन भनेपनि जबर्जस्तिनै लगाउँने प्रयात्न गर्थे।एक ता अस्थाई उप्र बाट प्रवाशी मज्दुर आखिर भनेको न मान्दा बित्तिकै नोकरी छुट्ने डर हुँन्थ्यो बिचरा के गरुन?उनिहरुले पनि बक्त सँग सम्झौता गरेर अगाडी बड्न खोज्थे।त्यस्तै प्रकारले यो रामुलेपनि यँहा सिकन्दरको पासमा काम गर्थ्यो।दिउसमा चुङ्गिमा त्यँहा बाट छुट्टि भयपछि यसको कोठिमा काम गर्द थ्यो।रामुको पनि सँगै परिवार बस्थिन।खाना खर्च त्यहि मालिकले दिने गर्थ्यो।दुध साग सब्जी सबै जसो उतै बाट ल्याउँथे।त्यो लालचले पनि उनि त्यँहा काम गर्थे।यँहा कहिले रातीको बाह्र एक सम्म बज्थ्यो।
काम खासै हुँदैन थ्यो तर त्यँहा सिकन्दरका पाहुँना कुरेर बस्नु प्रथ्यो।पाहुँना पनि रक्सि पिउँने र तास खेल्ने आउँथे।
आजपनि राति अबेरा भै सकेको थियो।उनिहरु पुलिसको ठुलो आफिसर सँग बसेर मदिरा पिउँदै तास को बाजि लगाउँदै थिए।रामु भान्सा घरमा भान्सा तैयार गरेर उनिहरुको आदेशको बाटो कुरेर बसेको थियो।उता सिकन्दर कि स्वास्नि आफ्ना दुईवटा बच्चाहरु लाई सुताएर पलङ्गमा एउटा मेग्जिन पढ्दै थिईन।उन्का एउटा छोरा एउटि छोरी शुन्दर बाबु नानि थिए।
अचानक तास खेल्दा खेल्दै उनि दुबै जना केहि बिषय लाई लिएर तँ तँ म म गर्छन हेर्दा हेर्दै झग्डा ठुलै हुँन्छ।उनिहरु महिनौँ यस्तै खेल्दै खाँदै गर्थे तर झग्डा भयको थिएन।आज भने झग्डा हाथापाईमा बदलिएको थियो।रामु मन मनै सोँच्छ अब कस्लाई बोलाउँने दुबै प्रसाशनका प्रमुख मध्यका हुँन।मैडम झग्डा हुँदैछ साहेबको!रामुले उस्को स्वास्नी सँग भन्छ।स्वास्नीले भने त्यति गौर गर्दैन उस्ले रामु लाईनै छुडाउ गएर भन्छे।
सिकन्दर आबेशमा आएर रामु भित्र अल्मारी बाट मेरो पिस्तोल ल्याउ!भन्दै मालिक उठ्छ।रामु भागेर पिस्तोल निकाल्छ पिस्तोल भरिएको थियो।जस्तै बिस्तोल लिएर आउँछ यँहा सिकन्दर को सामुन्ने पिस्तोल तानेर त्यो डि एस पी उभ्भिएको देख्यो।रामुले आबेशमा आएर गोली आफै चालाउँछ।त्यो गोली पुलिस डि एसपी को साप्रामा लाग्छ।उ गोलि लागि सकेपछि पनि उ भाईर आफ्नो कारमा बसेर आफै गाडि चलाएर होस्पिटल पुग्छ र उपचार गराउँछ।सिकन्दरको खिलाफ केस गर्छ।बयानमा रामुले आफै गोली चलाएको कबुल गर्छ।अब रामुको त्यो अस्थाई नोकरी पनि गयो जेलमा जानु पय्रो।सिकन्दर को पनि नोकरी जान्छ।आखिरमा त्यो रामुले गोलीनै चलाउँनु किन परेको होला?आफ्नो पनि परिवार थिए।आफ्नो नभय परिवारको खयाल गरेर भयपनि यस्तो आबेशमा न आउँनु पर्ने हुँन्छ।
यसरी एउटा नेपाली आफ्नो बहादुरी र बफा दारी देखाउँदा जेलको सजाए काट्छ।यस्लाई बहादुरी भन्ने वा मुर्खता?२०-०८-२०२०,(यो कथा काल्पनिक हो यसका पात्र हरुका नाम सँग कुनै सरोकार छैन।कसैको जिवन सँग मेल खान गयो भने मात्र सयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार