शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान, सुदूरपश्चिममा भारी बर्षा

आगामी तीन दिनको मौसम पूर्वानुमान, सुदूरपश्चिममा भारी बर्षा

  • बुधबार, भदौ ३, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान, सुदूरपश्चिममा भारी बर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बर्षा भईरहेको छ। कन्चनपुर, डडेलधुरा, डोटी र कैलालीमा बर्षा भईरहेको विभागले जनाएको छ।

देशभर सामान्यतया बदली रही आज दिउसो पनि प्रदेशका एक, दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।  राति पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा बर्षा हुने विभागले जनाएको छ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले कैलालीको चिसापानी, टीकापुर लगायत धेरै स्थान र कञ्चनपुरको केही स्थानमा भारी बर्षा भएको र थप हुने देखिएकोले कान्द्रा, मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउने सम्भावना समेत रहेको जनाएको छ। तटिय क्षेत्र र डुबान भईरहने स्थानका नागरिकलाई ९ बजेसम्म सतर्क रहन विभागल् आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०५/०३ देखि २०७७/०५/०५) जारी समय : बिहान ६:०० बजे

३ दिने गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction) सेवा सुरु गरेको वारे प्रेस विज्ञप्ति

जल तथा मौसम विज्ञान विभागले आजदेखि ३ दिने गणितिय मौसम पूर्वानुमान (Numerical Weather Prediction) सेवाको सुरुवात गरेको छ । आज जनसंख्या तथा वातावरण मन्त्रालयमा सम्पन्न भएको एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री माननिय श्री जयदेव जोशि ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (UNDP, Nepal) ले उक्त सेवा जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेभ साईट (www.mfd.gov.np/nwp) मार्फत सुचना प्रवाह गर्नका लागि सहयोग गरेको थियो । अव सो वेभ साईट मार्फत तिन दिन सम्मको मौसम पूर्वानुमान हेर्न सकिनेछ । यसमा नेपालभरिको वर्षा, वायुको तापक्रम र वायुको गति सम्वन्धि घण्टा घण्टाको मौसमि पूर्वानुमान उपलव्ध छ ।

जल तथा मौसम विज्ञान विभाग तथा UNDP, Nepal को संयुक्त आयोजनामा भएको आजको कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ वलि तथा UNDP Nepal का Country Director Mr. Renaud Meyer ले मन्तब्य दिनुभएको थियो भने विभागका महानिर्देशक डा. ऋषि राम शर्माले स्वागत मन्तव्य दिनुका साथै कार्यक्रम वारे प्रकाश पार्नुभएको थियो।

चर्चामा

सम्बन्धित समाचार