बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा

होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा

  • शुक्रबार, साउन २३, २०७७
होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ हाल गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो ।

बोहराले धनगढी बस्ने–२ जना पीडितहरुलाई काठमाडौँबाट होटलमा वेटरको काम छ भनेर ललाईफकाई बोलाइ अत्तरियास्थित बोहरा होटल बोलाएका थिए । तर, उनले डर र धम्की देखाएर ती युवतीहरुलाई होटलमा आउने ग्राहकसग शारीरिक सम्पर्क राख्न लगाउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले  जानकारी दिए ।

बोहराले पीडितलाई अन्य स्थानमा समेत शारीरिक सम्पर्कका लागी पठाउने गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार